राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०को आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ ।महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो । उक्त पार्टीको यही मङ्सिर १५–१७ गतेसम्म काठमाडौँमा महाधिवेशन हँुदैछ । प्रतिनिधि छनोटका लागि आजदेखि हुन लागेको निर्वाचनमार्फत प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट हुनेछ । पार्टीका अनुसार, तीन खस आर्य ९अन्य०, तीन महिला, एक जनजाति, एक दलित, एक अल्पसङ्ख्यक, मुस्लिम, थारुलगायत गरी नौ जना निर्वाचित गर्नेछ ।

यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि श्रेष्ठले जानकारी दिनुभयो । राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधि, भ्रातृ सङ्गठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनीत हुनेसमेत गरी चार हजार ५०० महाधिवेशन प्रतिनिधि हुनेछन् ।

यो पनि – सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्षमा अग्रवाल

सप्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा लालुप्रसाद अग्रवालले ७४६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।  उपाध्यक्षद्वयमा रमेशकुमार साह र दुर्गानन्दप्रसाद साह र महासचिवमा अमृतकुमार संचेती विजयी हुनुभएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता रामकुमार यादवले जानकारी दिनुभयो ।यसैगरी ११ औँ अधिवेशनबाट सचिवमा सुरेन्द्र विमल ,कोषाध्यक्षमा प्रमोदकुमार कावरा ,सहकोषाध्यक्षमा निर्मल मुन्धडा यसैगरी सदस्यमा सन्तोष सिंन्हा, सचिन्द्र दास, सुरेन्द्र साह ,कमल प्रसाद साह, सञ्जय पुर्वेले ,दिलीपप्रसाद गुप्ता र महिला सदस्यमा अम्बिका दाहाल विजयी हुनुभएको थियो ।

कूल एक हजार ३२२ मतदाता रहेको सङ्घमा एक हजार १६१ ले निर्वाचनमा मतदानमा भाग लिएका थिए । नवनिर्वाचित अध्यक्ष अग्रवालले आर्थिक समृद्धि हासिल गर्न सरकारले व्यवसायीलाई सहुलियत दिनुपर्ने बताउनुभयो ।