कांग्रेसको क्षेत्रीय कार्यसमितिमा महिला नेतृत्व

कांग्रेसको क्षेत्रीय कार्यसमितिमा महिला नेतृत्व

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, ६ मङ्सिर (रासस) : नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले पहिलोपटक महिलालाई नेतृत्वका रुपमा पाएको छ । जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं ख को क्षेत्रीय सभापतिमा कांग्रेस नेत्री मैया श्रेष्ठ (लावती) फराकिलो मतान्तरले विजय भएसँगै कांग्रेस कार्यकारी जिम्मेवारीमा महिलालाई पु¥याउन सफल भएको छ । क्षेत्रीय कार्यसमिति सभापति पदमा प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामालाई ६४ मतको अन्तरले पराजित गरेर श्रेष्ठ क्षेत्रीय सभापति चुनिनुभएको हो । श्रेष्ठले २७४ मत प्राप्त गर्दा लामाले २०९ मत मात्रै प्राप्त गर्नुभयो ।

जिल्लाको मिक्लाजुङ गाउँपालिकाकी श्रेष्ठ विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध हुँदै कांग्रेसको क्रियाशील राजनीतिमा प्रवेश गर्नुभएको थियो । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति सभापतिका उम्मेदवार सुरेन्द्रकुमार दाहाल पक्षबाट श्रेष्ठले क्षेत्रीय कार्यसमितिको नेतृत्वमा उम्मेदवारी दिनुभएको थियो । क्षेत्रीय कार्यसमितिमा श्रेष्ठको पक्षकै अधिकांश उम्मेदवार विजयी भएका छन् ।

श्रेष्ठ नेतृत्वको कार्यसमितिको उपसभापति पदमा तेजबहादुर चेम्जोङ र जितबहादुर भण्डारी विजयी हुनुभएको छ । सचिव पदमा भने भरत तुम्बापो र भक्त लावती सर्वसम्मत हुनुभएको थियो । यस्तै दुई जना सहसचिवमा ज्योतिप्रभा भण्डारी र नरेन्द्र शेर्मा विजयी हुनुभएको छ । पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं ख मा वडा सभापति र क्षेत्रीय प्रतिनिधि गरी ५०५ प्रतिनिधि रहेकामा ४९७ ले मतदान प्रक्रियामा भाग लिएका थिए । प्रदेशसभा क्षेत्र नं क मा भने जिल्ला कार्यसमिति सभापतिका अर्का उम्मेदवार रुपनारायण जबेगु पक्षधर भगीश्वर योङहाङ नेतृत्वको प्यानल विजयी भएको छ ।

यो पनि – सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्षमा अग्रवाल

राजविराज, ६ मङ्सिर (रासस) : सप्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा लालुप्रसाद अग्रवालले ७४६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।  उपाध्यक्षद्वयमा रमेशकुमार साह र दुर्गानन्दप्रसाद साह र महासचिवमा अमृतकुमार संचेती विजयी हुनुभएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता रामकुमार यादवले जानकारी दिनुभयो ।

यसैगरी ११ औँ अधिवेशनबाट सचिवमा सुरेन्द्र विमल ,कोषाध्यक्षमा प्रमोदकुमार कावरा ,सहकोषाध्यक्षमा निर्मल मुन्धडा यसैगरी सदस्यमा सन्तोष सिंन्हा, सचिन्द्र दास, सुरेन्द्र साह ,कमल प्रसाद साह, सञ्जय पुर्वेले ,दिलीपप्रसाद गुप्ता र महिला सदस्यमा अम्बिका दाहाल विजयी हुनुभएको थियो ।

कूल एक हजार ३२२ मतदाता रहेको सङ्घमा एक हजार १६१ ले निर्वाचनमा मतदानमा भाग लिएका थिए । नवनिर्वाचित अध्यक्ष अग्रवालले आर्थिक समृद्धि हासिल गर्न सरकारले व्यवसायीलाई सहुलियत दिनुपर्ने बताउनुभयो ।