हरिवन नगरपालिकाले वडा नम्बर ११ स्थित चापीनी नदी बगरमा औद्योगिक ग्रामको बनाउने भएको छ । नगर प्रमुख गणेश प्रसाईंले नगर क्षेत्रमा औद्योगिक क्षेत्र प्रवद्र्धन गर्न औद्योगिक ग्राम बनाउन लागिएको जानकारी दिनुभयो । आइतबार सो ग्रामको शिलान्यास गर्दै उहाँले औद्योगिक ग्रामबाट स्थानीय रोजगारी सिर्जना तथा आन्तरिक आयस्रोत समेत बृद्धि हुने जानकारी दिनुभयो ।
‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’अन्र्तगत हरिवनमा सो औद्योगिक ग्राम बन्न लागेको हो । यसका लागि सङ्घीय सरकारले गत आर्थिक वर्षमा विनियोजित रु एक करोड बिनियोजन समेत गरेको थियो । सो रकमबाट जग्गा व्यवस्थापन, पर्खाल लगाउने र खोला नियन्त्रणको काम सकिएको इञ्जिनियर जकी अहमद सिद्दकीले बताउनुभयो । उहाँका अनुसार अब सो जमिनमा स्थानीय उत्पादनमुखी र स्थानीयलाई रोजगारी सिर्जना हुने खालका व्यापार व्यावसाय गर्न जमिनलाई नगरपालिकाले भाडामा लगाउने छ ।
करिब आठ बिघा क्षेत्रफलमा स्थापना हुन लागेको औद्योगिक ग्राममा यस क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न सहज हुने बताइएको छ । साथै हरिवनको आर्थिक विकासमा मद्दत पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडालले बताउनुभयो ।
एउटै छानामुनि विभिन्न व्यवसाय तथा उद्योग सञ्चालन हुँदा स्थानीलाई आफ्नो उत्पादन कहाँ बिक्री वितरण गर्ने र बजार नपाउने चिन्ता हट्नुको साथै किनमेल गर्न धेरैतिर धाउनुपर्ने बाध्यता हट्ने नगरपालिकाले विश्वास लिएको छ । नदीले कटान गरेको जमिनको सदुपयोग गर्दा कृषियोग्य तथा वनको जमिन सुरक्षित रहने मात्र नभई कलकारखाना स्थापनाले बेरोजगारीको समस्यासमेत हल जनाइएको छ । सो औद्योगिक ग्राम प्रदेश २ कै नमूना बन्ने विश्वास गरिएको छ ।
यो पनि – महाधिवेशन तयारीका लागि एमाले स्थायी कमिटी बस्दै
नेकपा ९एमाले० को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनमा पाँच प्रतिशत मनोनित प्रतिनिधिलगायतका विषयमा छलफल गर्न सो पार्टीको स्थायी कमिटीको बैठक आज बस्दैछ । महाधिवेशनमा पदेन र निर्वाचित गरी एक हजार ९९९ प्रतिनिधिको पाँच प्रतिशतसम्म मनोनीत गरिने तयारी छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने बैठकले महाधिवेशनको तयारीबारे पनि छलफल गर्नेछ । महाधिवेशन तयारीका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन र अन्य नेताको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ । एमालेको चालु केन्द्रीय कमिटीको बैठक महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन बस्ने तयारी छ । नयाँ नेतृत्व चयनका लागि यही मङ्सिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ ।



प्रतिक्रिया