सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९३ हजार ९०० तोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९३ हजार ७००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० कायमभएको छ जसको मूल्य आइतबार प्रतितोला रु ९३ हजार २०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २७० पुगेकोे महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २६० मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ ।
यो पनि – विजोग कारागार कहिले बन्छन् सुधार गृह…
बलेवा, ६ मङ्सिर (रासस) ः पुरानो भवनमा पानी चुहिन्छ । हिउँदमा भुइँको चिसो र वर्षाको समयमा आकाशको पानीले कैदीबन्दीलाई सधैँ पिरोल्छ । बागलुङ नगर खानेपानीले उपलब्ध गराएको एउटा धारामा बिहानमा मात्रै आउने पानीले दिनभरलाई पुग्दैन । तीनवटा मात्रै शौचालय भएकाले लाइनमा बसेर शौचालयको प्रयोग गर्नुपर्ने अवस्था छ । क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको जिल्ला कारागारको समस्याको पोका फुकाएरै साध्य छैन ।
भवन अभावले कारागारमा रहेका साँघुरा कोठामा १३ जनासम्मको विस्तरा हुन्छ । कोचाकोच गरेर रात काट्नुपर्ने बाध्यता रहेको एक कैदीबन्दीले बताए । “यहाँ जे छ त्यो उपयोग गर्न पाइएको छ, भवनका कारण निकै दुःख छ”, बन्दी नाइके महेन्द्र घर्तीले भन्नुभयो, “यहाँका समस्याको विषयमा सबैलाई जानकारी छ ।” कारागारका समस्याका विषयमा जेलर र बेला बेलामा अनुगमनमा आउनेसँग जानकारी राखे पनि समस्या उस्तै रहेको उहाँले गुनासो गर्नुभयो । कारागारभित्रको पुस्तकालयमा पुस्तकको समेत अभाव छ । “पञ्चायतकालका पुस्तक मात्रै छन्, एक हप्ता पढे सकिन्छन्, पत्रिका पनि कार्यालयमा मात्रै आउँदो हो”, उहाँले भन्नुभयोे, “सीप सिक्ने व्यवस्था र पुस्तकालयमा पुस्तक भैदिए राम्रो हुने थियो ।”
अलातमा सधैँ सर्ने पेशीले समेत कैदीबन्दी आजित छन् । तोकिएको समयमा बहस र फैसला नहुँदा न्याय पाउन लामो समय कुर्नुपरेको उनीहरूले गुनासो गरे । कैदीबन्दीले तयार पारेका मुढाको मूल्य अर्को मुख्य समस्या हो । यहाँ तयार भएका मुढा बागलुङ र आसपासका बजारमा बिक्री हुन्छन् तर मूल्य पाँच वर्षदेखि एउटै छ । “पाँच वर्ष पहिले ३५० पर्ने मुढा अहिले पनि उही मूल्यमा बिक्री हुन्छ”, नाइके घर्तीलेभन्नुभयो “प्लाष्टिक धागो, बाँस र अरु सबै सामग्रीको मूल्य बढ्यो, खर्च पनि उठ्दैन ।”
नयाँ बनेको भवनमा राखिएकाले महिला बन्दीका लागि भने समस्या छैन । महिला र पुरुष गरेर ८० जना क्षमता भएको कारागारमा १४७ जना कैदीबन्दी छन् । दश जना महिला र बाँकी सबै पुरुष रहेको कारागारका प्रमुख दीपेन्द्र पौडेलले बताउनुभयो । “पानीले पुग्दैन कयौँ दिन ट्याङ्करको पानी मगाएर काम चलाएका छौँ”, उहाँले भन्नुभयो, “विभागले सीमित स्रोत छुट्याएको हुन्छ, यहाँको समस्या टार्नै गाह्रो भयो ।”
आठ रोपनी क्षेत्रफलमा फैलिएको कारागारमा तीनवटा भवन छन् । एउटा भवन भर्खरै निर्माण सम्पन्न भएको हो । पुरानो भवनमा पुरुष कैदीबन्दीलाई राखिएको छ । एउटा प्रशासनिक भवन त्यो पनि सबै कर्मचारीका लागि कुर्सी राख्नसमेत नपुग्ने अवस्थाको छ ।
दशकौँ पहिला बनेको भवनले अहिलेको अवस्थामा कैदीबन्दीका लागि अपर्याप्त भएको उहाँले बताउनुभयो । नयाँ भवन बनाउनका लागि पटक पटक प्रस्ताव पेश भएका छन् । तर सुनुवाइ नहुँदा समस्या रहेको कारागार प्रमुख पौडेलले जानकारीदिनुभयो । अड्डा सरेर आएका बन्दी पनि जिल्ला कारागारमा छन् । मुस्ताङ र पर्वत कारागारबाट यहाँ बन्दी ल्याइएको छ । पछिल्लो एक वर्ष यताबाट भने अड्डा सारेर पठाउनु नपरेको उहाँले बताउनुभयो ।



प्रतिक्रिया