आगलागीबाट प्लाई उद्योगमा पाँच करोडको क्षति

आगलागीबाट प्लाई उद्योगमा पाँच करोडको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ६ मङ्सिर (रासस) : विर्तामोड नगरपालिका–२ मा रहेको कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब रु पाँच करोडको क्षति भएको छ । आज बिहान विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, गौरादह नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारीबाट आएका दमकल, प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अनारमनीका प्रहरी प्रमुख सन्तोष आचार्यले बताउनुभयो ।

विर्तामोड–४ का विकास गोयल र दुर्गा भण्डारीले सञ्चालन गर्दै आएको उद्योगमा प्लाइका लागि चाइनाबाट आयात गरिएका महँगो कच्चापदार्थ रहेको थियो । आगलागी हुनुको कारण र यकिन क्षतिका बारेमा अनुसन्धान भइरहेको प्रमुख आचार्यले बताउनुभयो ।

यो पनि – जाजरकोटमा महको उत्पादन घट्यो

जाजरकोट, ६ मङ्सिर (रासस) : नलगाड नगरपालिका– १ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह बिक्रीबाट चार लाख ५० हजार आम्दानी गर्नुभएको थियो । यसवर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उहाँ अहिले निराश हुनुभएको छ ।

सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यो वर्ष १० धार्नी मह पनि उत्पादन गर्न सकेन । व्यावसायिक रुपमा मौरीपालन गर्दै आउनुभएका उहाँ आम्दानी घटेपछि अहिले निराश हुनुहुन्छ । बुढा र पुन उदाहरणका पात्र हुनुहुन्छ । अहिले जिल्लाका ३५० भन्दा बढी किसानको समस्या उस्तै छ । व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेको बताउछन् । गत असोज कात्तिक महिनामा भएको बढी वर्षाले चिउरीलगायत अन्य फूलको रस बगाउदा जिल्लाभर मह उत्पादन घटेको भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीले बताउनुभयो ।

मौरीलाई चरन क्षेत्रको अभाव, वन विनाश, अतिक्रमण, जलवायु परिवर्तनलगायत कारण मह उत्पादन घट्दै गएको उहाँको भनाइ थियोे । विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नुलगायत समस्या पनि अर्को कारण हो ।गतवर्ष प्रतिधार्नी एक हजार ५०० मूल्य पर्ने मह यो वर्ष दुई हजार ५०० देखि तीन हजार पुगेको छ । उत्पादन घट्दा मूल्य वृद्धि भएको हो । मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको क्षेत्रका किसान यो वर्ष निराश भएका छन् ।