काठमाडौँ, ६ मङ्सिर (रासस) : नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले वर्तमान एमाले तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको एकताको निरन्तरताको पार्टी भएकाले आशन्न दशौँ राष्ट्रिय महाधिवेशन एकताको महाधिवेशन हुने बताउनुभएको छ ।
नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा नेता पोखरेलले २०७५ जेठ ३ मा एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वाेच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट पूर्ववत् अवस्थामा कायम रहेको भए पनि पूर्वमाओवादीको एउटा हिस्सा एमालेमै रहेकाले आफ्नो पार्टी नेकपाको निरन्तरता भएको जिकिर गर्नुभयो ।
उहाँले पार्टीबाट केही पक्ष अलग भए पनि एमालेकै अगुवाइमा कम्युनिष्ट आन्दोलन एकताबद्ध हुनुपर्छ भन्ने मान्यताका साथ आफूहरु गत विधान महाधिवेशनयता नै अघि बढेको र त्यसलाई राष्ट्रिय महाधिवेशनले थप व्यवस्थित गर्ने जनाउनुभयो ।
यो पनि – ‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता –२०७८’ हुँदै
काठमाडौँ, ६ मङ्सिर (रासस) : नेपाली सेनाले ‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता– २०७८’ सञ्चालन गर्न लागेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही मङ्सिर २७ देखि आगामी पुस ५ गतेसम्म सञ्चालन हुने जानकारी दिइयो ।
प्रतियोगिता आर्मी अफिसर्स क्लबका दुई कोर्ट र नेपाल लन टेलिस सङ्घको दशरथ रङ्गशालास्थित दुई कोर्टमा सञ्चालन गरिने सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले जानकारी दिनुभयो । खुलातर्फ पुरुष सिङ्गल र डबल, महिलातर्फ सिङ्गल र डबल तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्षमाथि समूहका सिङ्गल तथा डबल प्रतियोगिता हुनेछन् ।
मुलुकको टेनिस खेलको विकास र विस्तारमा सहयोग पु¥याउने हेतुले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा नेपाल लन टेनिस सङ्घको प्राविधिक सहयोग रहनेछ । प्रतियोगितामा अन्तर सरकारीतर्फ पुरुष डबल खुल्ला हुने छ । तहगतरुपबाटै प्रभावकारी योजनासहित खेलाडीको सीप, कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको प्रतियोगितामा क्लबबाट खेलाडी सहभागी हुनुपर्नेछ । विजेता क्लबलाई नगद पुरस्कार, ट्रर्फी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा भाग लिने खेलाडीले सिङ्गलतर्फ रु एक हजार ५०० सय र डबलका लागि रु दुई हजार दर्ता शुल्क कायम गरिएको छ ।
प्रतियोगितामा मेन्स र विमन सिङ्गल्सतर्फ विजयी, रनर अप र सेकेन्ड रनरअपलाई क्रमश ः रु ५० हजार, रु २५ हजार र रु १५ हजार प्राप्त गर्ने छन् । मेन्स र ओमन डबलतर्फ विजयी, रनर अप तथा सेकेन्ड रनरअफ हुनेलाई क्रमश ः रु ४० हजार, रु २० हजार र रु १० हजार नगदसहितको पुरस्कार प्रदान गरिने छ ।
भेट्रान्सतर्फ ३५ वर्ष समूहको सिङ्गलतर्फ विजयी, रनरअप र सेकेन्ड रनर अप हुनेले क्रमश ः रु ३० हजार, रु १५ हजार र १५ हजार प्राप्त गर्ने छन् । सङ्घका अध्यक्ष ज्योति रानाले ग्राउण्ड र कोर्ट नभएका कारण जताततै खेल्न नमिल्ने भए पनि बच्चादेखि नै धेरै संलग्न हुने खेलका रुपमा टेनिस रहँदै आएको बताउनुभयो ।
महासचिव मनोहरदास मुलले एउटा कोर्ट बनाउन मिलेको जग्गा भएमा डेढ रोपनीमा बन्ने बताउनुभयो । कार्यक्रम चलाउन एउटा मात्र कोर्टबाट कठिन हुनेछ । मुलुकमा ३५÷४९ प्रशिक्षक र पाँच छ सयको व्यावसायिक खेलाडी रहेको जानकारी दिइएको छ । सङ्घका प्रशिक्षक कृष्णराम घलेले सन् १९५५ बाटै टेनिस खेल नेपालमा हँुदै आए पनि मुलुकका मुख्य–मुख्य सहरमा मात्रै सीमित रही आएको बताउनुभयो ।
हरेक राष्ट्रिय खेलकूद प्रतियोगितामा टेनिस खेल सधैँजसो समावेश हुँदै आएको छ । गत दक्षिण एशियाली खेलकूद प्रतियोगितामा नेपालले टेनिसतर्फ वीमन सिङ्गल र डबलमा तेस्रो स्थानका साथ पदक प्राप्त गरेको थियो । टेनिस खेलको विकासका लागि बालबालिकादेखि नै खेल सिकाउन र निरन्तरता दिन आवश्यक रहेको प्रशिक्षक घलेले जानकारी दिनुभयो । विश्वमा फुटबल र टेनिस नखेल्ने मुलुक नै नरहेको बताइएको छ ।



प्रतिक्रिया