महोत्तरी, ६ मङ्सिर (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले आज महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । आज राष्ट्रपति भण्डारी पूजाअर्चना र दर्शनका लागि यहाँ आउने भएपछि नेपाली सेनाले गुफाबाट पानी बाहिर निकालेको र त्यसपछि राष्ट्रपति भण्डारी गुफागृहमै प्रवेश गरेर पूजाअर्चना गर्नुभएको थियो ।
जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिंढीमुनि जमिनभित्र रहेको छ । यहाँ चौबिसै घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षभरि नै जलमै विराजमान रहनुहुन्छ भनिन्छ । त्यस अवसरमा राष्ट्रपति भण्डारीले उक्त मन्दिरका मूल पूजारी उपेन्द्र पाठकका हातबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो । यहाँ महादेवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतिक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करिब २० फिट मुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्र सम्भव हुने गर्दछ । राष्ट्रपति भण्डारी पूजाअर्चनाका लागि यहाँ आउँदा जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्र, सो मन्दिरका मूल पुजारी र पदाधिकारी तथा स्थानीयले स्वागत गर्नुभएको थियो ।
यो पनि – महेश बस्नेतद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा
भक्तपुर, ६ मङ्सिर (रासस) : नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आफूले सचिव पदमा उम्मदवारी दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
आफू युवा सङ्घको अध्यक्ष हुँदा होस् वा एमालेको केन्द्रीय सदस्य हुँदा पार्टीकै पक्षमा युवालाई एकताबद्ध बनाउन काम गरेको बताउँदै उहाँले आगामी दिनमा एमालेमा ऊर्जावान युवाको प्रवेश गराउन पनि उम्मेदवारी घोषणा गरेको बताउनुभयो । उहाँले आफूले सचिव पदमा उम्मेदवारी दिने १० आधारसमेत प्रस्तुत गर्नुभएको छ । सो आधारपत्रमा उहाँले आफू मन्त्री हुँदा गरेका कार्य र आगामी दिनमा पार्टी र देशलाई दिनसक्ने योगदानहरुका बारेमा उल्लेख गर्नुभएको छ ।



प्रतिक्रिया