चीनले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठायो

चीनले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

६ मङ्सिर (रासस÷सिन्ह्वा) ः चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । चिसो मौसमका लागि भन्दै चीनले यस्ता सामग्री पठाएको हो । यी सामग्रीहरु लिएर उत्तरी चीनको होग्रोस बन्दरगाहबाट आइतबार एक रेल अफगानिस्तानतर्फ लागेको हो । सो रेल सोमबार अफगानिस्तान पुग्ने बताइएको छ ।

अफगानिस्तानका लागि सो रेलमा करिब एक हजार टन सामग्री पठाइएको चिनियाँ अधिकारीले जनाएका छन् । ती अधिकारीका अनुसार चीनले विगतदेखि अफगानिस्तानलाई सहयोग गर्दै आएको छ । यी सामग्रीहरुमा खाद्यान्न र लत्ता कपडा रहेका छन् । जाडो मौसमका लागि जाडो कपडा पठाइएको छ भने केही आधारभूत औषधिहरु पनि त्यहाँ पठाइएको समाचारमा जनाइएको छ ।

चीनले गएको जुन महिनाको अन्त्यदेखि नियमित रुपमा चीनलाई सहयोग सामग्री पठाएको छ । चिनियाँ अधिकारीले त्यसयता अफगानिस्तानका लागि २ हजार ६०० टन यस्ता सामग्री पठाएको जनाएको छ । अफगानिस्तानका तालिबानहरुले सशस्त्र विद्रोह गरेर यहाँको सरकारलाई विस्थापित गरेका थिए । त्यसयता यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ ।

यो पनि – इरानको मानवीय सहायता सामग्री अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा पुग्यो

६ मङ्सिर (रासस ÷सिन्ह्वा) ः इरानले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाएको छ । ती सामग्रीको पहिलो खेप आज पूर्वी अफगान प्रान्त नान्गाहार पुगेको बताइएको छ । सो कुरा नान्गाहार प्रान्तका प्रान्तीय अधिकारी मवलावी निआज मोहमद वाहाजले सोमबार बताउनु भएको छ । उहाँले दिनुभएको जानकारीअनुसार यी सामग्रीहरुमा खाद्यान्न र औषधि रहेका छन् । इरान सरकारले खासगरी अफगानिस्तानका नागरिका लागि जाडो मौसमका लागि आवश्यक न्यायो कपडाहरु पठाएको जनाएको छ । इरानले गत महिना पनि अफगानिस्तानका लागि यस्ता सामग्रीहरु पठाएको थियो । इरानले पठाएको नियमित सामग्री अन्तर्गत यो लटको सामग्रीको पहिलो खेप आज पठाएको इरानले जनाएको छ ।

अफगानिस्तानका तालिबानहरुले सशस्त्र विद्रोह गरेर यहाँको सरकारलाई विस्थापित गरेपछि केही देशले अफगान नागरिकलाई सहयोग गर्ने गरेका छन् । तालिबानहरुले सत्ता विद्रोह गरेयता यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ ।