शिक्षालाई प्रविधिमैत्री बनाउन आग्रह

शिक्षालाई प्रविधिमैत्री बनाउन आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आजको युग सुहाउँदो विकासमा अघि बढ्न शिक्षा, सिकाइ र शिक्षण प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । खुमलटारस्थित नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को कार्यालय निरीक्षण गर्दै सहकुलपतिसमेत रहनुभएका मन्त्री पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएकाले दूरदराजमा पनि प्रविधिको पहुँच पु¥याउनुपर्ने बताउनुभएको हो । मन्त्री पौडेलले नेपालमा युवा वैज्ञानिकको उत्साह देखिएको बताउँदै उनीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन नास्टलाई निर्देशन दिनुभयो । मन्त्री पौडेलले भन्नुभयो “आजको युग विज्ञान तथा प्रविधिको युग हो, यसलाई देशका कुनाकन्दरामा रहेका जनताको पहुँचमा लैजानुपर्छ ।”

नजिकैका दुई मित्र राष्ट्र चीन र भारतले प्रविधिमा फड्को मारेको उदाहरण दिँदै उहाँले नेपालले पनि उनीहरुको सिको गर्नुपर्ने बताउनुभयो । मन्त्री पौडेलले अन्तर्राष्ट्रिय संस्था तथा विभिन्न मुलुकसँग समन्वय गरी नास्टले जनपक्षीय काम गर्नेपर्नेमा जोड दिनुभयो । उहाँले बजेटको अभाव, कर्मचारी व्यवस्थापन, कर्मचारीको वृत्ति विकासका समस्यामा आफू जानकार रहेको बताउँदै समस्या हल गर्ने उपायसहित मन्त्रालयमा आउन निर्देशन दिनुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादवले विज्ञान र प्रविधिबिना देश समृद्ध नहुने बताउनुभयो । उहाँले नास्ट काठमाडौँमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रमा पनि लैैजानुपर्नेमा जोड दिनुभयो ।

नास्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले सात वटै प्रदेशमा नास्टको कार्यालय स्थापनाको तयारी गरिएकोे जानकारी दिनुभयो । उहाँले विज्ञान सिटीको अवधारणाअनुसार बजेटको व्यवस्था भए त्यसलाई कार्यान्वयमा लैजाने बताउनुभयो । ‘नागरिकसँग नास्ट’ कार्यक्रम स्थानीय तहमा चलिरहेको जानकारी दिँदै उहाँले परम्परागत रैथाने प्रविधिदेखि नवप्रवद्र्धन प्रविधिको क्षेत्रमा नास्टले काम गरिरहेको बताउनुभयो ।

यो पनि – वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै

पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेपमा कमी आउने क्रम जारी छ । नेपाल बैङ्कर्स सङ्घका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप रु ४३ अर्बले घटेको छ । गत असोजमा कूल रु ४२ खर्ब ३९ अर्ब निक्षेप सङ्कलन गरेका वाणिज्य बैंकहरुमा मङ्सिरको पहिलो सातासम्म रु ४२ खर्ब २६ अर्ब कायम भएको छ । वाणिज्य बैंकको कर्जा भने रु ४३ अर्बले बढेको छ । गत असोज मसान्तसम्मको कूल रु ३९ खर्ब ९८ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुको मङ्सिर पहिलो सातासम्म कूल रु ४० खर्ब ४१ अर्ब पुगेको छ ।