मन्त्री आलेद्वारा फनपार्कको अवलोकन

मन्त्री आलेद्वारा फनपार्कको अवलोकन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले भरतपुरको लङ्कुमा रहेको जेम्स वल्र्ड फनपार्कको अवलोकन गर्नुभएको छ । भरतपुर महानगरको ‘समृद्ध भरतपुरका लागि विकास बहस’ कार्यक्रममा सहभागी हुन आउनुभएका आलेले निजीस्तरबाट सञ्चालनमा ल्याइएको फनपार्कको अवलोकन गर्नुभएको हो । उहाँसँगै नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजकुमार क्षेत्री र चितवनका प्रदेशसभा सदस्य पार्वती सिलवाल पनि फनपार्क पुग्नुभएको थियो ।

मन्त्री आलेले पार्कले उपलब्ध गराएको विभिन्न सेवाका बारेमा फनपार्कका अध्यक्ष महेश तिवारीसँग जानकारी लिनुभएको थियो । उहाँले फनपार्कमा रहेको रेलको पनि मजा लिनुभयो । अवलोकनपछि पर्यटनमन्त्री आलेले यसप्रकारको पार्क देशका विभिन्न क्षेत्रमा बनाउन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “यस्ता पार्कले आन्तरिक पर्यटन प्रवद्र्धन गरेर आर्थिक विकासमा टेवा पु¥याउने भएकाले सरकारले पार्कको प्रवद्र्धनमा सक्दो सहयोग गर्नेछ ।”

सोही अवसरमा मन्त्री आलेले राज्यले गर्नुपर्ने काम निजी क्षेत्रले गरेको भन्दै धन्यवाद दिनुभयो । नारायणगढबाट तीन किलोमिटर दूरीमा तीन बिघा क्षेत्रफलमा रहेको फनपार्कमा सानादेखि ठूला गरी १०० खेल समावेश छन् । सबै उमेर समूहलाई लक्ष्य गरी छुट्टाछुट्टै खेलको व्यवस्था गरिएको छ । पार्कमा चितवनमा नै पहिलोपटक ल्याइएको वाटर पार्कलाई विशेष आकर्षणका रूपमा राखिएको छ । वाटर पार्कमा दुई ठूला टनेल छन् । त्रिचालीस फिटको उचाइबाट २६५ फिट लामो टनेलमा पानीमा रम्दै झर्ने व्यवस्था गरिएको छ । पार्क निर्माणमा रु २५ करोडभन्दा बढी लगानी भएको बताइएको छ ।

यो पनि- धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको छ ः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचनमा भोट माग्न आउँदा धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको बताउनुभएको छ ।  चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना भरतपुरले भरतपुर महानगरपालिका–२४ मा निर्माण गर्न लागेको केरुङ घोल लिफ्ट सिँचाइ आयोजनाको आज शिलान्यास गर्दै उहाँले आफ्नो क्षेत्रमा उदाहरणीय विकासका काम भएको बताउनुभयो । सिँचाइको माध्यमबाट सुक्खा क्षेत्रलाई उर्वर बनाउने उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनताको आवश्यकता परिपूर्ति हुनेगरी उत्पादकत्व बढाउने काम गर्छौँ ।” सुकुम्बासी, भूमिहीनहरुलाई लालपुर्जा वितरण गर्नेगरी काम अघि बढेको भन्दै उहाँले यो सरकारले लालपुर्जा, निस्सा वा स्थानान्तरणको काम गर्ने छ भन्नुभयो । उहाँले थप्नुभयो, “लालपुर्जा वितरणका लागि भूमिसुधार मन्त्रालयमार्फत काम भइरहेको छ ।”

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, ऊर्जा, जलस्रोत तथा सिँचाई सचिव सागरकुमार राई, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतको उपस्थिति थियो ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङ्बोका अनुसार खोलाको छेउमा सोलारबाट इनारको पानी तानेर लिफ्ट सिँचाइ गर्न लागिएको हो । रु आठ करोडको लागत रहेको यो आयोजनाको ठेक्का सम्झौता भइसकेको छ । चितवन राष्ट्रिय निकुञ्जसँग सहमति लिएर काम अघि बढेको उहाँले बताउनुभयो । यसबाट २०० हेक्टर जमिन सिञ्चित हुने उहाँको भनाइ छ । यसबाट बाह्रै महिना भरपर्दो, दिगो र पूर्ण सिञ्चित गर्न सहयोग पुग्ने छ । दश हजार ५०० हेक्टर क्षेत्रफल सिञ्चित हुनेगरी काम अघि बढाउने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।

यो पनि – एमाले स्थायी कमिटी बैठक स्थगित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको छ । यसअघि आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको थियो ।एमालेको दसाँैँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटका लागि बोलाइएको बैठक मङ्गलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उक्त बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।

एमालेको यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि पाँच प्रतिशत मनोनीत प्रतिनिधि छनोटको टुङ्गो स्थायी कमिटी बैठकले गर्ने बताइएको छ । यसअघि महाधिवेशनका लागि गत कात्तिक २७ गते एक हजार एक सय ९९ प्रतिनिधि चयन भइसकेका छन् ।