यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमको टोली घोषणा

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमको टोली घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।  सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार टोलीका अन्य खेलाडीमा नारायण जोशी (उपकप्तान), अर्जुन साउँद (विकेटकिपर), नरेन भट्ट, गजेन्द्र बोहरा, शेर मल्ल, नरेन्द्र साउँद, लोकेश बम, राहुल भण्डारी, कैलाश ऐर, हेमन्त धामी, आकाश चन्द, दिपक टमटा र वसन्त कार्की रहेका छन् ।

यस्तै अर्जनसिंह साउँद, अनुराग सिंह, सञ्जय बोहरा र वीरेन्द्र बमलाई वैकल्पिक खेलाडीका रुपमा छनोट भएका छन् । गत कात्तिक २४ गतेदेखि मङ्सिर १ गतेसम्म भएको प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट २४ जनालाई बन्द प्रशिक्षणमा राखिएको थियो । बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट १४ जनालाई छनोट गरिएको हो । नेपाल क्रिकेट सङ्घको आयोजनामा आजदेखि काठमाडौँमा उन्नाइस वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।

यो पनि – एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबारे अन्योल कायमै रहँदा परराष्ट्र मन्त्रालयले सङ्घको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको छ ।

कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल गत कात्तिक १ गते सकिएको थियो । सङ्घमा विवाद भएपछि परराष्ट्र मन्त्रालयले निर्वाचन गराउन संरक्षक परिषद्लाई जिम्मा दिएको हो । विभिन्न राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्का केही पदाधिकारीले महाधिवेशन प्रतिनिधि चयन विधानविपरीत अलग–अलग मापदण्डमा गरिएको भनी परराष्ट्र मन्त्रालयमा उजुरी गरेका थिए । त्यसबारेमा छानबिन गर्न मन्त्रालयले छानबिन समिति गठन गरेको थियो ।

मन्त्रालयका अनुसार एनआरएनए विधान र परम्परा, अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्षको धारणा तथा विभिन्न देशमा भएका अनियमितताको छानबिन गरी समितिले प्रतिवेदन बुझाएको थियो । गत हप्ता पन्तलगायतको टोलीलाई परराष्ट्रमन्त्री डा नारायण खड्काले उजुरीकर्ताको राय र छानबिन समितिको प्रतिवेदनअनुसार निर्णय दिने बताउनुभएको थियो । अध्यक्ष पन्तले शुक्रबार विज्ञप्ति जारी गरी आउँदो डिसेम्बर १५ मा सङ्घको निर्वाचन गराउने तथा डिसेम्बर १९ र २० मा काठमाडौँमा महाधिवेशन गराउने जानकारी दिनुभएको थियो ।

गैरआवासीय नेपाली सङ्घको महाधिवेशन र निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिने परराष्ट्रको निर्णयको केही राष्ट्रिय समन्वय परिषद् (एनसिसी)ले स्वागत गरेका छन् । गत महिना सम्पन्न एनसिसीको पहिलो विश्व भेलाका आयोजकमध्ये एक एनसिसी बेलायतका अध्यक्ष प्रेम गाहामगरले २०१९–२१ को कार्यसमितिले महाधिवेशन गराउन असमर्थ रहेको अवस्थामा विधानमा व्यवस्था भएअनुसार संरक्षक परिषद्लाई महाधिवेशन गराउन जिम्मा दिनु अहिलेको अवस्थामा उत्तम विकल्प भएको बताउनुभयो । सोमबार आठ देशका राष्ट्रिय समन्वय परिषद् (एनसिसी)ले परराष्ट्रको निर्णयको स्वागत गरेका छन् ।