बागलुङमा शालग्राम भजन महोत्सव

बागलुङमा शालग्राम भजन महोत्सव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युवा पुस्ताको बेवास्ताका कारण लोप हुन थालेको लोक भजन संरक्षण र शालग्रामको प्रवद्र्धनका लागि बागलुङमा ‘शालग्राम भजन महोत्सव’ आयोजना गरिएको छ । पुरानो संस्कृतिको रुपमा रहेको लोकभजन जोगाउन जिल्लावासी कस्सिएर लागेका छन् । यसअघि जिल्लामा राष्ट्रिय भजन प्रतियोगिता आयोजना गरिएकामा अहिले बागलुङ नगरपालिका–४ कुडुँलेस्थित श्रीधरआचार्य शालग्राम सङ्ग्रहालयमा यही मङ्सिर २४ देखि २८ गतेसम्म प्रथम शालग्राम भजन महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष तथा लोक भजन संरक्षण अभियन्ता राजु खड्काले बताउनुभयो ।

धार्मिक पर्यटकलाई आर्कषण गर्नका लागि महोत्सव आयोजना गरिएको बताउँदै उहाँले यो महोत्सव अन्य महोत्सवभन्दा पृथक रहेको छ भन्नुभयो ।प्रतियोगितामा प्रतिस्पर्धा हुने भएकाले खुल्लारुपमा भजन आयोजना गरिएको उहाँको भनाइ थियो । शालग्राम सङ्ग्रहालय दुई वर्षदेखि सर्वसाधरणका लागि खुल्ला गरिएको छ ।
“सवा एक लाख शालग्राम एकसाथ दर्शन गर्न सकिनेगरी भूमिगत रुपमा बनाइएको सङ्ग्रहालयमा धार्मिक पर्यटक भित्र्याउने र शालग्रामको विषयमा जानकारी दिनेगरी भजन महोत्सव आयोजना गरिएको छ” अध्यक्ष खड्काले भन्नुभयो ।

यसअघि भजन प्रतियोगिता आयोजना गरेपनि प्रतियोगिताले सबैलाई समेट्न नसकेकाले महोत्सव आयोजना गरिएको भजन महोत्सवका जैमिनी सङ्कृतनका अध्यक्ष सङ्गम क्षेत्रीले जानकारी दिनुभयो । “चार पाँच वर्षदेखि भजन प्रवद्र्धनका लागि लागिरहेका छौं, राष्ट्रिय भजन प्रतियोगितामा बागलुङले आफ्नो क्षमता देखाउँदै आएको छ, हामीहरु नै मिलेर दुईपटकसम्म भजन प्रतियोगिता गरेका छौँ” क्षेत्रीले भन्नुभयो, “प्रतियोगिता भन्ने वित्तिकै हारजित हुने भएकाले यसपक सबैले खुल्ला रुपमा भजन देखाउन पाउनेगरी महोत्सव आयोजना गरिएको छ, सहभागीले आफ्नो भजन प्रस्तुत गर्न सक्नेछन्, देशभरबाट ४५ भन्दा बढी भजन समूह सहभागी गराउदा पर्यटन प्रवद्र्धन हुने र शालग्रामको सङ्ग्रहालयको समेत प्रवद्र्धन हुनेछ ।”भजन महोत्सवमा सहभागीलाई यातयात खर्च दिइनेछ भने दैनिक रुपमा उत्कृष्ट भजनलाई सम्मानित गरिने भएको छ । महोत्सवमा रु १० लाख खर्च हुने अनुमान गरिएको छ ।

यो पनि – राती १० बजेपछि बाजा बजाउन रोक

वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्काे आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको छ । विवाह, व्रतबन्धसहित विभिन्न मेला महोत्सवको बहानामा अश्लील गीतसङ्गीत एवम् सडकमा आर्केस्ट्राको नृत्यमा रोक लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समाजमा हुन सक्ने विकृति–विसङ्गति तथा अश्लील गीतसङ्गीत एवम् सडकमा सो नृत्यमा रोक लगाइएको हो ।

यसैगरी, घण्टाघर नजिकैका धर्मशाला, पार्टी प्यालेस एवम् होेटल बिपीपार्क, माईस्थान आदर्शनगर क्षेत्रका पुरानो बसपार्क र अलखिया मठ, छपकैया विर्ता क्षेत्रकाले बिर्ताबजार एवम् इदगाहा क्षेत्रको खाली ठाउँमा पार्किङ गर्नुपर्ने योजना अघि बढाइएको हो ।

यसैगरी, वीरगञ्जमा सवारी पार्किङ व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धमा धर्मशाला, होटेल, पार्टीप्यालेसले नै सुरक्षा गार्ड राख्ने र सवारीसाधन पार्किङमा व्यवस्थापन गर्न जिम्मेवार हुनुपर्ने गर्ने योजना बनाइएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

गाँजा खेती शून्यमा झार्ने अभियान

पर्सा प्रहरीले पछिल्लो पटक गाउँगाउँमा लगाइएको प्रतिबन्धित गाँजा खेती नष्ट गरी गाँजा खेतीलाई शून्यमा झार्ने अभियान चलाएको छ । गाजाँ खेती निरुत्साहित गर्न गाउँगाउँमा लगाइएको प्रतिबन्धित गाँजा खेती नष्ट गरी गाँजा खेतीलाई शून्यमा झार्ने अभियान चलाएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

पछिल्लो पटक केही दिनअघि जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पर्साको ठोरी गाउँपालिकामा ११ बिघा क्षेत्रफलमा लगाएको अवैध गाँजा खेती नष्ट गरेको थियो । ठोरी गाउँपालिकामा सङ्गठित रुपमा समूहमा गाँजा खेती लगाइएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साको कमान्डमा खटिएको प्रहरी टोलीले गाँजा फँडानी गरेको हो ।

ठोरी गाउँपालिका–३ को ब्रह्मनगर, रामनगर तथा जङ्गल छेउछाउ लगायतका क्षेत्रमा लगाइएको गाँजा खेती प्रहरीले फँडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । गाँजा खेती गर्ने व्यक्तिको पहिचान गरी मुद्दा दर्ता गरिनेछ । गाँजा खेती धेरै लगाइएको तथा प्रहरीको आँखा नपुग्ने गरी जङ्गल छेउछाउमा लगाएको भए पनि प्रहरीले गाँजा खेती नष्ट गर्न सफल भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक ब्रह्मदेव साहले जानकारी दिनुभयो ।