बेलायतमा कोरोना सङ्क्रमण झन् बढ्यो, एकैदिन करिब ४५ हजार सङ्क्रमित

बेलायतमा कोरोना सङ्क्रमण झन् बढ्यो, एकैदिन करिब ४५ हजार सङ्क्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

७ मङ्सिर (रासस÷सिन्ह्वा) ः बेलायतमा सोमबार कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन करिब ४५ हजार जना सङ्क्रमित भएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट यहाँका ४४ हजार ९१७ जना सङ्क्रमित भएका छन् ।

उनीहरुक अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ४० हजार जनामा यो भाइरसको संक्रमण भेटिने गरेकोे छ । अघिल्ला दिनहरुमा ४० हजारको हाराहारीमा यी सङ्क्रमित भेटिएको थियो । तर सोमबार भने यसमा बृद्धि भएको हो । यो समेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या करिब ९९ लाख पुगेको छ ।

बेलायतमा सोमबार मात्र ४५ जना यो सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये आठ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।यहाँका १६ वर्षमाथिका झन्डै ९३ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८७ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ ।

तर पनि पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको सरकारी अधिकारीहरूले बताएका छन् । सरकारी प्रयासका बाबजुत यहाँ संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो पनि – सद्भावनाका संस्थापक नेता पाठकको निधन

नेपाल सद्भावना पार्टीका संस्थापक नेता केदारनाथ पाठकको आज बिहान निधन भएको छ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराही गाउँ निवासी नेता पाठकको ८२ वर्षको उमेरमा आज बिहान निधन भएको उहाँको छोरा अरुणकुमारले बताउनुभयो ।
केदारनाथ विगत पाँच वर्षदेखि ढाँडको हड्डीसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । सद्भावना पार्टी स्थापना गरेर मधेश र मधेशीको हक अधिकारका लागि आवाज उठाउनुका साथै विभिन्न आन्दोलनमा उहाँ सक्रिय रहनुभएको थियो ।

एक पटक निर्विरोध वडाध्यक्ष पनि निर्वाचित उहाँले दुई पटक संसदीय निर्वाचन र एक पटक (पहिलो) संविधानसभा निर्वाचनमा पनि सद्भावना पार्टीबाट चुनाव लडनुभएको थियो । पेशाले औषधि व्यवसायीसमेत रहनुभएका उहाँ क्याम्पस र रेडक्रस जस्ता संस्थामा पनि आवद्ध हुनुहुन्थ्यो । नेता पाठकको पत्नी, तीन छोरा एक छोरी रहेका छन् ।