नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशनमा कास्की क्षेत्र नं १ मा राजेन्द्रमणि लामिछाने विजयी बन्नुभएको छ । सोमबार भएको निर्वाचनमा राजेन्द्रमणि लामिछाने ४५८ मतसहित विजयी बन्नुभयो भने उहाँका प्रत्यासी बुद्धिमान गुरुङले ३३० मत प्राप्त गर्नुभयो ।
निर्वाचनमा कास्की क्षेत्र नं १ बाट महाधिवशेन प्रतिनिधिमा खुल्लातर्फ तारानाथ रानाभाट, कृष्णबहादुर केसी, सुदिपमोहन भट्टराई, यज्ञबहादुर थापा, विकास लामा गुरुङ, किशोरदत्त बराल, होमबहादुर बस्याल, तिलक रानाभाट, गिरिराज गौतम र शिरोमणि लामिछाने विजयी बन्नुभएको छ ।त्यस्तै समानुपातिक खस आर्य महिलातर्फ शान्ति खनाल र दुर्गा लामिछाने, खुल्लातर्फ सुरजजङ राणा र नरेन्द्र थापा९नरेन० विजयी बन्नुभएको छ । आदिवासी जनजातितर्फ महिलामा सस्वती गुरुङ र गीमाया गुरुङ, खुल्लातर्फ दीपक गुरुङ९माइला० र डम्बरजङग गुरुङ विजयी बन्नुभएको छ । त्यस्तै दलित महिलातर्फ सरस्वती सार्की र खुल्लातर्फ कुमार विक सुनार विजयी बन्नुभएको छ । अपाङ्गतातर्फ मोहनकुमार प्रधान विजयी बन्नुभएको निर्वाचन समितिले जनाएको छ ।
क्षेत्र नं २ मा निर्दोषी
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशनको कास्की क्षेत्र नं २ को निर्वाचनमा केशरप्रसाद निर्दोषी सभापतिमा निर्वाचित बन्नुभएको छ । निर्दोषीले २४७ मत ल्याउदा उहाँका प्रतिस्पर्धी पुण्डरीप्रसाद बरालले २३० मत प्राप्त गर्नुभयो ।
क्षेत्रको सचिवमा देवकृष्ण पराजुली र महेन्द्र अधिकारी, सहसचिवमा भावना श्रेष्ठ र विश्वराज आचार्य एवं खुला सदस्यमा कृष्णप्रसाद सिग्देल, तारा गिरी र शारदाराज चालिसे निर्वाचित बन्नुभएको छ । समानुपातिक दलिततर्फबाट विष्णु सिग्देल निर्वाचित बन्नुभएको छ ।
अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ विन्दुकुमार थापा, देवराज चालिसे, कुमार खड्का, वीरेन्द्रनारायण बिजुक्छे, शोभियतबहादुर अधिकारी, विश्वराज आचार्य, माधवप्रसाद बाँस्तोला ९मधु०, ऋषिराम काफ्ले, गुरु बराल निर्वाचित बन्नुभएको छ । महाधिवेशन प्रतिनिधिका लागि खुला १० पदमा २५ नेताले चुनावी प्रतिस्पर्धा गर्नुभएको थियो ।
त्यस्तै महिला खुला महाधिवेशन प्रतिनिधिमा लक्ष्मी पाण्डे, रङ्गीला आचार्य, नम्रता बराल र कुमारी मुना बाँस्तोला निर्वाचित बन्नुभएको छ । खस आर्य महिलामा कोपिला तिवारी र मिलन थापा, खसआर्य खुलामा किरण केसी, मुकुन्द बाँस्तोला ज्वाला र मदन बस्नेत विजयी बन्नुभएको छ ।
त्यस्तै आदिवासी जनजाति महिलातर्फ तीर्थकुमारी गुरुङ र सुनयना पालिखे तथा खुलामा आशिक गुरुङ र निर्मलप्रसाद कर्माचार्य विजयी बन्नुभएको छ । दलित खुलामा अर्जुनकुमार विक तथा दलित अल्पसङ्ख्यक र अपाङ्गतामा राधाकुमारी गुरुङ विजयी बन्नुभएको छ ।
प्रतिक्रिया