नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कार्यकर्ताबाट अनुमोदित हुन महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताउनुभएको छ । महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको हो । पूर्वगृहमन्त्री खड्काले गुर्भाकोट नगरपालिका सुर्खेत मेहलकुनास्थित सिटी हलमा पुगेर मतदान गर्नुभएको थियो । उहाँको क्षेत्रबाट करिब ९०० प्रतिनिधिले मतदान गर्दै छन् । मनोनित भएर जाने व्यवस्था भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने ईच्छा व्यक्त गर्दै उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।
निर्वाचन क्षेत्र नं २ का कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले भने महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छैन । उहाँका अनुसार उम्मेदवारी नदिए पनि केन्द्रीय सदस्यका हिसाबले उहाँ महाधिवेशन प्रतिनिधिका रुपमा मनोनित हुनुहुन्छ, । केन्द्रीय सदस्य थानी प्रतिनिधित्व गर्ने क्षेत्रबाट करिब एक हजार प्रतिनिधिले मतदान गर्दैछन् ।
यो पनि – सद्भावनाका संस्थापक नेता पाठकको निधन
नेपाल सद्भावना पार्टीका संस्थापक नेता केदारनाथ पाठकको आज बिहान निधन भएको छ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराही गाउँ निवासी नेता पाठकको ८२ वर्षको उमेरमा आज बिहान निधन भएको उहाँको छोरा अरुणकुमारले बताउनुभयो । केदारनाथ विगत पाँच वर्षदेखि ढाँडको हड्डीसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । सद्भावना पार्टी स्थापना गरेर मधेश र मधेशीको हक अधिकारका लागि आवाज उठाउनुका साथै विभिन्न आन्दोलनमा उहाँ सक्रिय रहनुभएको थियो ।
एक पटक निर्विरोध वडाध्यक्ष पनि निर्वाचित उहाँले दुई पटक संसदीय निर्वाचन र एक पटक (पहिलो) संविधानसभा निर्वाचनमा पनि सद्भावना पार्टीबाट चुनाव लडनुभएको थियो । पेशाले औषधि व्यवसायीसमेत रहनुभएका उहाँ क्याम्पस र रेडक्रस जस्ता संस्थामा पनि आवद्ध हुनुहुन्थ्यो । नेता पाठकको पत्नी, तीन छोरा एक छोरी रहेका छन् ।
प्रतिक्रिया