नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान

नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल र भारतबीच कोरोना भाइरस विरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताको लागि समझदारीपत्र आदानप्रदान भएको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सहमतिनुसार नेपालमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई भारतले र भारतमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई नेपालले मान्यता दिने छन् । यी दुईमध्ये एक देशमा खोप लगाएको प्रमाणपत्र देखाएमा एक अर्का देशमा आवतजावत गर्न पाइने भएकोे हो । सो कार्यक्रममा सचिव डा पोखरेलले एक अर्का देशले खोप लगाएको प्रमाणपत्रको मान्यता दिएसँगै आवतजावतमा सहज हुने बताउनुभयो ।

यो पनि – पर्यटकको बसाइँ लम्बाउन पैदलमार्ग अवश्यक – मन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन फेवाताल किनारमा पैदलमार्ग आवश्यक भएको बताउनुभएको छ । अनदु गुरुङ समाजले पोखरा महानगरपालिका–२२तालपारीस्थित अनदुमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले प्रत्येक पर्यटकको बसाइँ अवधि लम्ब्याउन फेवातालको किनार क्षेत्रमा ‘फुट्याक’ निर्माण गर्न आवश्यक भएको बताउनुभएको हो ।

फेवातालबाट नजिक भएर पनि यहाँको माथिल्लो तथा तल्लो क्षेत्रका बासिन्दा अझै पनि विकासमा पछि परेकाले ताल वरपरकोे विकाससँगै पर्यटकीय गतिविधि सञ्चालन हुनुपर्नेमा मन्त्री बरालले जोड दिनुभयो ।ऐतिहासिक तथा पुरात्तात्विक वस्तु संरक्षण गर्न र आफ्नो थातथलो नछाड्न आग्रह गर्दै उहाँले भन्नुभयो, “सडक, गोरेटो बाटोलगायत पर्यटकीय पूर्वाधार निर्माणमा प्रदेश सरकारको प्राथमिकतामा रहने छ ।”

वडाध्यक्ष मित्रलाल बरालले कोरोनाले गर्दा अनदु क्षेत्रमा बजेट व्यवस्थापन गर्न नसकिएको बताउँदै अबका दिन फेवातालको ३० देखि ३५ मिटरको मापदण्डकायम गर्न आग्रह गर्नुभयो । माओवादी केन्द्र वडा इन्चार्ज त्रिभुवन पौडेल, वडाकमिटी अध्यक्ष नवराज बराल अनदु टोल विकास संस्थाका अध्यक्ष दीपेन्द्र गुरूङ, सदस्य मात्रिकाप्रसाद बरालले अनदुमा बाटो पहिलो आवश्यकताको विषय भएको सामूहिक धारणा व्यक्त गर्नुभएकोे थियो ।