पर्यटकको बसाइँ लम्बाउन पैदलमार्ग अवश्यक – मन्त्री बराल

पर्यटकको बसाइँ लम्बाउन पैदलमार्ग अवश्यक – मन्त्री बराल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन फेवाताल किनारमा पैदलमार्ग आवश्यक भएको बताउनुभएको छ । अनदु गुरुङ समाजले पोखरा महानगरपालिका–२२तालपारीस्थित अनदुमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले प्रत्येक पर्यटकको बसाइँ अवधि लम्ब्याउन फेवातालको किनार क्षेत्रमा ‘फुट्याक’ निर्माण गर्न आवश्यक भएको बताउनुभएको हो ।

फेवातालबाट नजिक भएर पनि यहाँको माथिल्लो तथा तल्लो क्षेत्रका बासिन्दा अझै पनि विकासमा पछि परेकाले ताल वरपरकोे विकाससँगै पर्यटकीय गतिविधि सञ्चालन हुनुपर्नेमा मन्त्री बरालले जोड दिनुभयो ।ऐतिहासिक तथा पुरात्तात्विक वस्तु संरक्षण गर्न र आफ्नो थातथलो नछाड्न आग्रह गर्दै उहाँले भन्नुभयो, “सडक, गोरेटो बाटोलगायत पर्यटकीय पूर्वाधार निर्माणमा प्रदेश सरकारको प्राथमिकतामा रहने छ ।”

वडाध्यक्ष मित्रलाल बरालले कोरोनाले गर्दा अनदु क्षेत्रमा बजेट व्यवस्थापन गर्न नसकिएको बताउँदै अबका दिन फेवातालको ३० देखि ३५ मिटरको मापदण्डकायम गर्न आग्रह गर्नुभयो । माओवादी केन्द्र वडा इन्चार्ज त्रिभुवन पौडेल, वडाकमिटी अध्यक्ष नवराज बराल अनदु टोल विकास संस्थाका अध्यक्ष दीपेन्द्र गुरूङ, सदस्य मात्रिकाप्रसाद बरालले अनदुमा बाटो पहिलो आवश्यकताको विषय भएको सामूहिक धारणा व्यक्त गर्नुभएकोे थियो ।

यो पनि -एमाले स्थायी कमिटी बैठक केही समयका लागि स्थगित

नेकपा (एमाले)को जारी स्थायी कमिटी बैठक केही समयका लागि स्थगित भएको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली सम्पादकसँगको छलफल कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले केही समयका लागि स्थगित गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठक साढे ३ बजे पुनः ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने छ । बैठक दशौँ राष्ट्रिय महाधिवेशनको तयारी, व्यवस्थापन, उद्घाटन र बन्दसत्र कार्यक्रम तथा पाँच प्रतिशत प्रतिनिधि मनोनयनका विषयमा राखिएको छ । महाधिवेशनमा यसअघि एक हजार १९९ जना प्रतिनिधि चयन भइसकेका छन् । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।