अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न दबाब दिन्न ः अध्यक्ष ओली

अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न दबाब दिन्न ः अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न आफूले कुनै दबाब नदिने बताउनुभएको छ । महाधिवेशनका सन्दर्भमा आज सो पार्टीको केन्द्रीय प्रचार विभागद्वारा सम्पादकसँग आयोजित छलफल कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनले लोकतान्त्रिक अभ्यासबाट सहमति वा निर्वाचनबाट छानिने नेतृत्वलाई आफूले सहजरुपमा स्वीकार्ने बताउनुभयो ।

तपाईंलाई सर्वसम्मत अध्यक्ष हुने स्थितिमा केही चुनौती आएको हो ? भन्ने प्रश्नमा अध्यक्ष ओलीले भन्नुभयो, “एमाले लोकतान्त्रिक पार्टी हो । यसमा कुनै प्रकारको जोरजुलुम छैन । म उठ्ने–नउठ्ने टुङ्गो गरेको छैन । त्यसैले मलाई अध्यक्षमा छोड्न वा चुनौती दिन पाइन्छ । अरुलाई नउठ्न दबाब दिन्न । म अध्यक्ष भएमा पार्टीमा सबैलाई समान व्यवहार गर्छु ।” उहाँले उपाध्यक्ष डा भीम रावलले अध्यक्षमा उठ्छु भनेर आफूलाई चुनौती नदिएको बरु आफूप्रति आदार, सम्मान, स्नेह दिनुभएको उल्लेख गर्दै रावलको स्नेहपूर्ण सुझावबाट आफू प्रभावित भएको बताउनुभयो ।

अध्यक्ष ओलीले दशौँ महाधिवेशनले एमाले फुट्यो, कमजोर भयो भन्ने भ्रमलाई चिर्ने र पार्टीलाई शुद्धीकरण गर्दै एउटै लयमा अगाडि बढाएर मुलुकको समृद्धिका लागि पुनःनेतृत्व गर्न सक्ने शक्ति आर्जन गराउने बताउनुभयो । उहाँले एमाले एकजुट, सुदृढ र व्यापक छ भन्ने सन्देश महाधिवेशनले दिने जानकारी दिनुभयो ।

पार्टीका सचिव योगेश भट्टराईले पाँच लाखको सहभागितामा यही मङ्सिर १० गते चितवनको नारायणी नदी किनारमा निर्मित विशेष मञ्चमा महाधिवेशनको उद्घाटन गरिने र ७२ जना कलाकारको सामूहिक धूनबाट राष्ट्रिय गान बजाइनेलगायतका कार्यक्रम तय भएको जानकारी दिनुभयो । महाधिवेशनको बन्दसत्र चितवनको सौराहामा हुनेछ । महाधिवेशनमा मनोनीतसहित दुई हजार २०० प्रतिनिधि हुनेछन् । उद्घाटन सत्रका लागि पाँच हजार स्वयंसेवक परिचालन गरिने भट्टराईले बताउनुभयो । महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुनेछ ।

यो पनि- शिक्षामन्त्री र जर्मनका राजदूतबीच भेटवार्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र जर्मनका राजदूत डा थोमस प्रिन्जबीच भेटवार्ता भएको छ । मङ्गलबार मन्त्रालयमा भएको भेटवार्तामा विज्ञान तथा प्रविधिको विकास, वातावरणीय असन्तुलन, नवीकरणीय ऊर्जाको विकास एव्म उत्पादनको विषयमा छलफल भएको हो ।सो अवसरमा मन्त्री पौडेलले नेपाल र जर्मनबीच १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको र सन् २००६ मा नेपालमा राजदूतावास खुले यता द्विपक्षीय सम्बन्ध सदा उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै प्राविधिक र आर्थिक क्षेत्रमा सहयोग गर्न अपिल गर्नुभयो ।

उहाँले नेपालमा सङ्घीयता कार्यान्वयनमा आएपछि राष्ट्रिय शिक्षा नीतिमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका अवसरलाई व्यापक विस्तार गरी नागरिकलाई समावेशी एवं समतामूलक ढङ्गबाट पहुँच स्थापित गर्दै देश विकासका लागि योग्य, सक्षम, सीपयुक्त र उद्यमशील जनशक्ति तयार गरी समृद्ध नेपाल विकासमा योगदान गर्ने उद्देश्य राखिएको जानकारी गराउनुभयो ।

उहाँले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गरि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा जर्मनी सरकारलाई सहयोगका लागि आग्रह गर्नुभयो ।जर्मनका राजदूत प्रिन्जले नेपालका विद्यार्थीले जर्मनमा निःशुल्क शिक्षा लिइरहेको बताउँदै भविष्यमा पनि यसको निरन्तरता हुने बताउनुभयो ।

उहाँले नवीकरणीय ऊर्जा, विज्ञान तथा प्रविधिमा आधारित शिक्षा आदानप्रदानलगायतका विषयमा नेपालसँग सहकार्य र सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।