इटालीमा अमेजन र एप्पललाई २० करोड यूरो जरिवाना गरिने

इटालीमा अमेजन र एप्पललाई २० करोड यूरो जरिवाना गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो (२२.५ करोड अमेरिकी डलर) जरिवाना लगाएको छ । इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनाधिकारिक रूपमा विक्री गर्ने बिक्रेताहरूलाई उक्त जरिबाना गरेको हो । इटालियाली यस संस्थाले एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई छ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको हो ।

“एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक विक्रेतालाई तत्कालका लागि अमेजनमार्फत् काम गर्न पनि रोकेको छ । इटालीको बजारमा ती उत्पादनहरूको बिक्रीलाई केवल अमेजन र चयन गरिएका पक्षहरूलाई भेदभावपूर्ण ढंगमा अनुमति दिएको पुनः विक्रेतामाथि आरोप लागेको छ ।

यो पनि –  लिबियाको राष्ट्रपतीय निर्वाचनका लागि ९८ जनाको उम्मेदवारी दर्ता

लिबियाको निर्वाचन आयोगले मङ्गलबार दुई महिलासहित ९८ जना उम्मेदवारले डिसेम्बरमा तय भएको राष्ट्रपतीय निर्वाचनमा भाग लिन पाउने गरी उम्मेदवारी दर्ता गराएकोे छ । निर्वाचन आयोगका प्रमुख इमाद अल सायेहले त्रिपोलीमा भएको पत्रकार सम्मेलनमा भन्नुभयो, “उम्मेदवार दर्ता मञ्चले शर्त पूरा गरेका ९८ जना उम्मेदवारको कागजात प्राप्त गरेको छ ।”

सबैभन्दा बढी चर्चामा रहेका आकाङ्क्षीहरूमध्ये तत्कालिन शासक मोहमर कद्दाफीका छोरासेइफ अल–इस्लाम काद्दाफी र देशको पूर्व र दक्षिणका केही भागहरूको नियन्त्रणमा रहेको लिबियाली राष्ट्रिय सेनाका नेता खलीफा हफ्तार रहेको लिवियाली सञ्चारमाध्यमले जनाएका छन् ।अन्य आकाङ्क्षीहरूमा संयुक्त राष्ट्रसंघको समर्थन रहेको संयुक्त सरकारका सरकारका प्रधानमन्त्री अब्दुलहामिद दबेबा र भूतपूर्व आन्तरिक मन्त्री फथी बाशाघा पनि रहेकोअ बताइएको छ ।

उम्मेदवारका रूपमा नेशनल मुभमेन्ट पार्टीका अध्यक्ष तथा संस्थापक ४६ वर्षीया लीला बेन खलीफा र सामाजिक विज्ञानका अनुसन्धानकर्ता हुनादा अल–महदी दुई जना महिला मात्र अघि बढेका छन् ।संयुक्त राष्ट्रसंघले सन् २०११ मा नेटोको सहयोगमा भएको विद्रोहमा पतन भएर काद्दाफीको हत्या भएदेखि तेल सम्पन्न राष्ट्रलाई प्रभावित बनाएको एक दशकको हिंसाको अन्त्य गर्ने प्रयास गर्दा यो सर्वेक्षण आएको हो ।

अन्तिम उम्मेदवारको सूची १२ दिनभित्र प्रकाशित हुने बताइउको छ । एकपटक प्रमाणित र अपिल पूरा भएपछि आवेदन पेश गर्ने समय सीमा सकिएको सोहले बताउनुभएको छ ।आयोगले उम्मेदवारलाई निर्वाचन कानुन पालन गर्ने सुनिश्चित गर्न “महाअभियोग, पासपोर्ट र राष्ट्रियता विभाग र जनरल इन्टेलिजेन्सलाई कागजात दिन बताइउको छ ।

लिबियाका ७० लाखमध्ये २८ लाखभन्दा बढी मानिसहरूले मतदानको लागि आफ्नो नाम दर्ता गरेका छन् भने अहिलेसम्म १७ लाखभन्दा बढी मतदाताले आफ्नो मतदाता परिचय पत्र पाएका बताइएको छ ।