प्रत्येक राजनीतिक दलमा ३३ प्रतिशत महिला सहभागितामा जोड

प्रत्येक राजनीतिक दलमा ३३ प्रतिशत महिला सहभागितामा जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजनीतिक दलमा आबद्ध क्रियाशील महिला नेत्रीले नेपालको संविधानले व्यवस्था गरेअनुसार ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले विभिन्न पार्टीको आसन्न महाधिवेशनको सन्र्दभमा आयोजना गरेको ‘राजनीतिक दलहरुमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक अन्तक्र्रियामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपालको संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको हुनाले त्यहीअनुसार चल्नुपर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेसको १४औँ महाधिवेशनले एकतिहाइ सुनिश्चित गर्ने विश्साससमेत व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राधा ज्ञवालीले पार्टीको १०औँ महाधिवेशनमा ३३ प्रतिशत महिला सुनिश्चित गर्ने गरी विधान महाधिवेशनले नै तय गरेको बताउनुभयो । उहाँले पदाधिकारीमा महिला सुनिश्चित नभए पनि उपाध्यक्ष र सचिवमा महिलाले उम्मेदवारी दिने तयारी गरेको जानकारी दिनुभयो ।

अखिल नेपाल महिला सङ्घका संयोजक तथा पूर्वमन्त्री थममाया थापाले एमाले महाधिवेशनमा विधानले २२५ केन्द्रीय समितिमध्ये ७६ जना महिला सुनिश्चित गरेको जानकारी दिँदै आगामी दिनमा समतामूलक समाज निर्माणका लागि ५० प्रतिशत महिला सुनिश्चित गर्नुपर्नेमा सबै महिला एक भएर आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य अञ्जना विसंखे, राष्ट्रिय प्रजातन्त्र पार्टीका सरस्वती केसी र राष्ट्रिय जनमोर्चाका लक्ष्मी केसीलगायतले ३३ प्रतिशत महिला प्रत्येक राजनीतिक दलले सुनिश्चित गर्नुपर्ने र त्यसका लागि सबैले दबाब दिनुपर्ने धारणा राख्नुभएको थियो । डब्लुडब्लुजका महासचिव चन्दा विष्टले पार्टीको आसन्न महाधिवेशनमा संविधानले व्यवस्था गरेअनुसार ३३ प्रतिशत महिलाका साथसाथै अर्थपूर्ण सहभागितामा सहयोग पुगोस् भन्ने उद्देश्यले अन्तक्र्रियाको आयोजना गरेको जानकारी दिनुभयो ।

यो पनि- नेपाली कांग्रेसको १४औँ महाधिवेशनः कञ्चनपुर मत परिणाम

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा गोपीप्रसाद उपाध्यक्ष, निर्वाचन क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह र निर्वाचन क्षेत्र नं ३ मा केशवबहादुर चन्द विजयी हुनुभएको छ ।आज सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिमा निर्वाचित उपाध्यायले २६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी हरि चन्द ठकुरीले २२९ मत प्राप्त गर्नुभयो । सचिवमा बिसराम राना र पदमबहादुर रोकाया विजयी हुनुभएको छ । सहसचिव पदमा सुरेन्द्र राना र हर्कबहादुर विष्ट (हार्दिक) विजयी हुनुभएको छ ।

यसैगरी, निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा विजयी हुनुभएका सिंहले ३४१ मत ल्याउनुभयो । उहाँका प्रतिद्वन्द्वी नवराज जोशीले १५७ मत ल्याएउनुभएको छ । क्षेत्रीय सचिवमा गणेशबहादुर विष्ट र थानेश्वरप्रसाद भट्ट विजयी हुनुभएको छ । सहसचिव पदमा काशीराम भाट र रमेशप्रसाद भट्ट विजयी हुनुुभएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय सभापतिमा केशवबहादुर चन्द विजयी हुनुभएको छ । चन्द प्यालनसहित विजयी हुनुभएको हो । चन्दले ३३० मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत ल्याउनुभयो । सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट विजयी हुुनुभएको छ । सहसचिवमा अर्जुनदत्त भट्ट र खड्कबहादुर बस्नेत विजयी हुुनुभएको हो ।

पार्टीका जिल्ला सभापति बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पार्टी सभापति हरिप्रसाद बोहरा पराजित हुनुभएको छ । बोहराले २४४ मत ल्याउनुभएको छ । पार्टी सभापति बोहरा ११ औँ नम्बरमा पर्नुभएको छ । बोहराले महाधिवेशन प्रतिनिधि जितेमा पुनः पार्टी सभापतिका लागि चुनावी मैदानमा ओर्लने चर्चा थियो । महाधिवेशन प्रतिनिधिबाटै पराजित भएपछि पुनः पार्टी सभापति हुने चर्चा त्यसै सेलाएको छ । पूर्व पार्टी सभापति बहादुरसिंह थापाले भने सर्वाधिक ३६६ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ ।

त्यस्तै पूर्वसंविधानसभा सदस्य बलदेव बोहरा १९० र पार्टीका पूर्व जिल्ला सचिव भोजराज बोहरा २१३ मत ल्याई पराजित हुनुभएको छ । दश जना खुल्ला महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा १९ जनाले उम्मेदवारी दिनुभएको थियो । निर्वाचन अधिकृत राजेन्द्रप्रसाद पाण्डेयका अनुसार महाधिवेशन प्रतिनिधिमा विजयी हुनेमा उद्धव बोहरा, चिन्तामणि भट्ट, टीका बैज, दलबहादुर बोहरा, दुर्गाप्रसाद भट्ट, पुष्करराज ओझा, बहादुरसिंह थापा, मीनबहादुर सिंह, लोकबहादुर देउवा र हेमराज ओझा रहनुभएको छ ।

यसैगरी, नेपाली कांग्रेस कञ्चनपुरका सचिव ईश्वरीप्रसाद जोशी महाधिवेशन प्रतिनिधिमा पराजित हुुनुभएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा सम्पन्न मत गणनाअनुसार उहाँ महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको हो । नेकां केन्द्रीय सदस्य रमेश लेखक निकटको प्यानल बनाउन महत्वपूर्ण भूमिकामा रहेका जोशी जिल्ला सचिवमा मनोनीत हुनुअघि उहाँका स्वकीय सचिव हुुनुहुन्थ्यो । जोशीले १५० मत ल्याउँदा १० नम्बरमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित वीरबहादुर सुनारले १७८ मत ल्याउनुभएको छ ।

निर्वाचन क्षेत्र ३ बाट बेलबहादुर राना, यज्ञराज जोशी, प्रकाश थापा, दीपक सिंह, जङ्गबहादुर चन्द, खगेश्वर बोहरा, पदम बोगटी, आसिफ कुँवर, तारणीदत्त चटौत र वीरबहादुर सुनार खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।