काठमाडौँ, ७ मङ्सिर (रासस) : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपत्यका विशेष कमिटीको मुखपत्र ‘मूलबाटो’ विमोचन गर्नुभएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मूलबाटोको सार्वजनिकीकरण कार्यक्रममा महासचिव एवं विशेष कमिटी इन्चार्ज ईश्वर पोखरेल, विशेष कमिटी अध्यक्ष एवं केन्द्रीय सदस्य सुजिता शाक्य, सचिव समिर नेपाललगायत चारवटै विशेष जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । सो मुखपत्रमा पार्टीसँग सम्बन्धित विषयवस्तु, महाधिवेशन केन्द्रित वैचारिक सामग्री, ओली नेतृत्वको सरकारको उपलब्धिलगायतका विषयवस्तु समेटिएको सो प्रकाशनका सम्पादक श्रीधर आर्चाले जानकारी दिनुभयो ।
यो पनि – नेपाली कांग्रेसको १४औँ महाधिवेशनः कञ्चनपुर मत परिणाम
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा गोपीप्रसाद उपाध्यक्ष, निर्वाचन क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह र निर्वाचन क्षेत्र नं ३ मा केशवबहादुर चन्द विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिमा निर्वाचित उपाध्यायले २६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी हरि चन्द ठकुरीले २२९ मत प्राप्त गर्नुभयो । सचिवमा बिसराम राना र पदमबहादुर रोकाया विजयी हुनुभएको छ । सहसचिव पदमा सुरेन्द्र राना र हर्कबहादुर विष्ट (हार्दिक) विजयी हुनुभएको छ ।
यसैगरी, निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा विजयी हुनुभएका सिंहले ३४१ मत ल्याउनुभयो । उहाँका प्रतिद्वन्द्वी नवराज जोशीले १५७ मत ल्याएउनुभएको छ । क्षेत्रीय सचिवमा गणेशबहादुर विष्ट र थानेश्वरप्रसाद भट्ट विजयी हुनुभएको छ । सहसचिव पदमा काशीराम भाट र रमेशप्रसाद भट्ट विजयी हुनुुभएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय सभापतिमा केशवबहादुर चन्द विजयी हुनुभएको छ । चन्द प्यालनसहित विजयी हुनुभएको हो । चन्दले ३३० मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत ल्याउनुभयो । सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट विजयी हुुनुभएको छ । सहसचिवमा अर्जुनदत्त भट्ट र खड्कबहादुर बस्नेत विजयी हुुनुभएको हो ।
पार्टीका जिल्ला सभापति बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित
पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पार्टी सभापति हरिप्रसाद बोहरा पराजित हुनुभएको छ । बोहराले २४४ मत ल्याउनुभएको छ ।
पार्टी सभापति बोहरा ११ औँ नम्बरमा पर्नुभएको छ । बोहराले महाधिवेशन प्रतिनिधि जितेमा पुनः पार्टी सभापतिका लागि चुनावी मैदानमा ओर्लने चर्चा थियो । महाधिवेशन प्रतिनिधिबाटै पराजित भएपछि पुनः पार्टी सभापति हुने चर्चा त्यसै सेलाएको छ । पूर्व पार्टी सभापति बहादुरसिंह थापाले भने सर्वाधिक ३६६ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ ।
त्यस्तै पूर्वसंविधानसभा सदस्य बलदेव बोहरा १९० र पार्टीका पूर्व जिल्ला सचिव भोजराज बोहरा २१३ मत ल्याई पराजित हुनुभएको छ । दश जना खुल्ला महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा १९ जनाले उम्मेदवारी दिनुभएको थियो । निर्वाचन अधिकृत राजेन्द्रप्रसाद पाण्डेयका अनुसार महाधिवेशन प्रतिनिधिमा विजयी हुनेमा उद्धव बोहरा, चिन्तामणि भट्ट, टीका बैज, दलबहादुर बोहरा, दुर्गाप्रसाद भट्ट, पुष्करराज ओझा, बहादुरसिंह थापा, मीनबहादुर सिंह, लोकबहादुर देउवा र हेमराज ओझा रहनुभएको छ ।
यसैगरी, नेपाली कांग्रेस कञ्चनपुरका सचिव ईश्वरीप्रसाद जोशी महाधिवेशन प्रतिनिधिमा पराजित हुुनुभएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा सम्पन्न मत गणनाअनुसार उहाँ महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको हो । नेकां केन्द्रीय सदस्य रमेश लेखक निकटको प्यानल बनाउन महत्वपूर्ण भूमिकामा रहेका जोशी जिल्ला सचिवमा मनोनीत हुनुअघि उहाँका स्वकीय सचिव हुुनुहुन्थ्यो । जोशीले १५० मत ल्याउँदा १० नम्बरमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित वीरबहादुर सुनारले १७८ मत ल्याउनुभएको छ ।
निर्वाचन क्षेत्र ३ बाट बेलबहादुर राना, यज्ञराज जोशी, प्रकाश थापा, दीपक सिंह, जङ्गबहादुर चन्द, खगेश्वर बोहरा, पदम बोगटी, आसिफ कुँवर, तारणीदत्त चटौत र वीरबहादुर सुनार खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया