८ मङ्सिर (रासस÷सिन्ह्वा) ः उत्तरी मेसेडोनिया सरकारले पश्चिमी बुल्गेरियामा मंगलबार बिहान भएको बस दुर्घटनाबाट ठूलो क्षति भएको भन्दै त्यसप्रति राष्ट्रिय शोकको घोषणा गरेको छ ।सो बम दुर्घटनामा परेर कम्तीमा पनि ४६ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ । उक्त दुर्घटनामा परेर ज्यान जानेमा १२ जना बालबालिका पनि परेका छन् ।
सो दुर्घटनामा परेर जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ । मृत्यु भएका १२ बालबालिकाको शव जलेको अवस्थामा पाइएको भन्दै यहाँका नागरिकहरु निकै स्तब्ध भएका छन् ।यहाँको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बस दुर्घटनामा परेरपछि आगो लागेको र त्यहाँ रहेका यात्रुहरु जलेका बताएका छन् ।
सोफियाबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समयानुसार दिउँसो २ः०० बजे सो दुर्घटना भएको हो । दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन ।यहाँको सरकारले मंगलबारदेखि नै तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ । यो तीन दिनसम्म देशभित्र र उसका विश्वमा रहेका दूतावासहरुमा पनि कुनै औपचारिक कार्यक्रमहरु नगरिने जनाइएको छ ।
यो पनि – भेनेजुएलामा शान्तिपूर्ण निर्वाचन भएको संयुक्त राष्ट्रसंघको भनाई
८ मङ्सिर (रासस÷सिन्ह्वा) ः संयुक्त राष्ट्रसंघले भेनेजुएलामा आइतबार भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।संयुक्त राष्ट्रसंघले यहाँको क्षेत्रीय र नगरपालिका निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको आफ्नो अनुगमनबाट देखिएको बताएको हो ।संयुक्त राष्ट्रसंघका महासचिवको प्रेस कार्यालयले सो कुरा जनाएको हो । मंगलबार एक विज्ञप्ति प्रकाशन गरेर संयुक्त राष्ट्रसंघका महासचिवको प्रेस कार्यालयले यहाँको निर्वाचन आयोग र निर्वाचनका अधिकारीहरुले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताएको छ ।
सो विज्ञप्तिमा निर्वाचनका क्रममा भएका केही हिंसाका घटनाहरुका बारेमा पनि जानकारी आएको भन्दै तर ती सबै घटनाको छानबीन यहाँको सरकार र संयुक्त राष्ट्रसंघले गर्ने पनि बताइएको छ । साथै उक्त विज्ञप्तिमा यहाँका सबै खालका हिंसा तथा विवादहरु पनि अब यो निर्वाचनमार्फत् समाधान हुने अपेक्षा पनि गरिएको बताइएको छ ।



प्रतिक्रिया