सचिवमा उठ्ने तयारी गरेको छु ः भट्टराई

सचिवमा उठ्ने तयारी गरेको छु ः भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिलेनै माथिल्लो पदमा जान नखोजेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म अहिले चौतारीमा बस्दै छु । सचिव पदमा उठ्ने तयारी गरेको छु ।” उहाँले अहिलेनै माथिल्लो पदमा जान खेज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भए झै हुने बताउनुभयो ।

एमालेको १०आँैं महाधिवेशनको तयारी अन्तिमचरणमा पुगेको उहाँको भनाइ थियो । उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापनको काम र बन्द सत्रका लागि हल निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उहाँले नारायणी नदी किनारमा गैँडाकोट तर्फ पनि बसेर हेर्नका लागि व्यवस्था गरिएको जानकारी दिनुभयो । अहिले नेपालको सम्पूर्ण ध्यान चितवन केन्द्रित भएको भन्दै उहाँले प्रतिनिधि र नेता यहाँ आउने क्रम सुरु भएको जानकारी दिनुभयो ।

यो पनि – कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापतिमा शर्मा विजयी

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापति पदमा कविर शर्मा विजयी हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनको मतगणनाअनुसार शर्माले २८५ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी अर्जुन पराजुलीले २२० मत प्राप्त गर्नुभयो । यस्तै, क्षेत्रीय सचिवमा दीपक दुलाल (२६४), भीमसेन थापा (२६२), सरिता भण्डारी (२५३) र सुजनकुमार खड्का (२६०) मत ल्याई विजय हुनुभएको निर्वाचन अधिकृत वासु रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार महाधिवेशन प्रतिनिधि खुलातर्फ उपेन्द्र कार्की, ओमबहादुर कार्की, जयराज पुडासैनी, दीपकप्रसाद कुँइकेल, राजाराम तिवारी, रामशरण ढुङ्गाना, लवराज दाहाल, लोकेश ढकाल र शङ्कर थापा विजयी हुनुभएको छ । यस्तै, महाधिवेशन प्रतिनिधि खस आर्य खुलामा कृष्णबहादुर केसी, प्रवीनमान सिंह, दलिततर्फ हरिशरण नेपाली, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गतातर्फ नहकुल थापा, मधेसीतर्फ मुकेश मिश्र, खस आर्य महिलातर्फ मञ्जु खड्का र द्रोणा खड्का, खुला महिलातर्फ जानकी केसी, प्रतिमा गौतम, भद्रा भण्डारी, शर्मिला थापा कार्की निर्वाचित हुनुभएको छ ।