इजरायलको हवाई आक्रमणमा चार सिरियालीको मृत्यु

इजरायलको हवाई आक्रमणमा चार सिरियालीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

८ मङ्सिर (रासस÷एएफपी) ः मध्य सिरियामा बुधबार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार नागरिकको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् । यस आक्रमणमा परी घाइते भएका अधिकांश सैनिकहरु रहेका आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ ।  इजरायलले गरेको यस आक्रमणमा परी दुई सर्वसाधारण दुई सैनिकको मृत्यु भएको छ । छ सैनिक र एक नागरिक घाइते भएका सानाले जनाएको छ ।

आक्रमण देशको मध्य भागका स्थानहरुलाई लक्षित गर्री गरिएको समाचार एजेन्सी सानाले जनाएको छ । यस आक्रमणको अन्य विस्तृत विवरण भने साना समाचार समितिले उल्लेख गरेको छैन् । सिरियाको हवाई सैन्यबलले यस आक्रमणलाई पन्छाएर क्षेप्यास्त्रहरू खसालेएको सानाले समाचार समितिले जनाएको छ ।
सिरियामा व्यक्तिगत आक्रमणहरू विरलै स्वीकार गर्दै आएका इजरायली सेनाले अन्तर्राष्ट्रिय समाचार संस्थाहरुलाई टिप्पणी गर्न अस्वीकार गरेको छ ।

सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएदेखि इजरायलले सिरियाली भूमिमा सयौं हवाई आक्रमणहरु गरेको छ । सरकारी स्थानहरु साथै इरान समर्थित सेनाहरु र लेबनानको हिजबुल्लाह आन्दोलनका लडाकूहरूलाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ ।  इजरायलले बारम्बार छिमेकी सिरियालाई आफ्नो कट्टर शत्रु इरानको ‘लन्चप्याड’ बन्न नदिने बताउँदै आएको छ ।

यो पनि – बस दुर्घटनाबाट ४६ को मृत्यु भएपछि तीन दिने शोक घोषणा

८ मङ्सिर (रासस÷सिन्ह्वा) ः उत्तरी मेसेडोनिया सरकारले पश्चिमी बुल्गेरियामा मंगलबार बिहान भएको बस दुर्घटनाबाट ठूलो क्षति भएको भन्दै त्यसप्रति राष्ट्रिय शोकको घोषणा गरेको छ ।सो बम दुर्घटनामा परेर कम्तीमा पनि ४६ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ । उक्त दुर्घटनामा परेर ज्यान जानेमा १२ जना बालबालिका पनि परेका छन् ।

सो दुर्घटनामा परेर जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ । मृत्यु भएका १२ बालबालिकाको शव जलेको अवस्थामा पाइएको भन्दै यहाँका नागरिकहरु निकै स्तब्ध भएका छन् ।यहाँको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बस दुर्घटनामा परेरपछि आगो लागेको र त्यहाँ रहेका यात्रुहरु जलेका बताएका छन् ।

सोफियाबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समयानुसार दिउँसो २ः०० बजे सो दुर्घटना भएको हो । दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन ।यहाँको सरकारले मंगलबारदेखि नै तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ । यो तीन दिनसम्म देशभित्र र उसका विश्वमा रहेका दूतावासहरुमा पनि कुनै औपचारिक कार्यक्रमहरु नगरिने जनाइएको छ ।