सुदूरपश्चिम : थप आठमा सङ्क्रमण, एकको मृत्यु

सुदूरपश्चिम : थप आठमा सङ्क्रमण, एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम प्रदेशमा आज थप आठ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ६९१ जनाको नमूना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आरटी पीसीआरमार्फत तीन र एन्टीजेन विधिमार्फत पाँच जनामा पुष्टि भएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा दुई र बाजुरा अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टीजेन विधिमार्फत कैलाली र कञ्चनपुरका दुई÷दुई र डडेल्धुराका एक जनामा पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर नौ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का २९ वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसअघि मङ्गलबार यस प्रदेशमा ११ जनामा सङ्क्रमण पुष्टि हुँदा नौ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाले ज्यान गुइसकेका छन् ।

यो पनि- थप ३३२ मा सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कूल नौ हजार ९२० मा कोरोना परीक्षण गर्दा ३३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित सङ्ख्या सात हजार ३६९ रहेका छन् । पछिल्लो समय थप २३२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भाइरस सङ्क्रमणुक्त हुनेको सङ्ख्या आठ लाख एक हजार १२२ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, हुम्ला, डोल्पा, जाजरकोट र मुगु रहेका छन् ।

नेपालमा सङ्क्रमण दर १७.९ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ९८१, संस्थागत आइसोलेशनमा ३८८, आइसियुमा २०६ र भेन्टिलेटरमा ४० जनाको उपचार हुँदैछ ।

सङ्क्रमणबाट चारको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप चारको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१३ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ४७ हजार २६२ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । पहिलो मात्रा ९२ लाख ८४ हजार ३३७ ले र पूर्ण मात्रा ८० लाख ५९ हजार ३०२ ले खोप लगाएका छन् ।