८ मङ्सिर ९रासस÷एएफपी० ः स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । स्विडेनको संसदले उहाँलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उहाँ स्विडेनको पहिलो महिला प्रधानमन्त्री बन्नु भएको हो । निवर्तमान अर्थमन्त्री समेत रहनु भएकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ समेत हुनुहुन्छ ।
संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका थिए । उहाँको भन्दा धेरै मत उहाँको विपक्षमा परेपछि नयाँ प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । नयाँ प्रधानमन्त्रीको पक्षमा भने १७४ जनाले मतदान गरेका थिए । मतदानको समयमा ५७ सांसद अनुपस्थित भएका संसद सचिवालयले जनाएको छ ।
यो पनि – अमेरिकी राष्ट्रपति बाइडेनद्धारा ११० देशलाई निमन्त्रणा
८ मङ्सिर (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमा आयोजना गरिएको सम्मेलनका लागि ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गर्नु भएको छ । भर्चुअल माध्यमबाट हुने सम्मेलनमा एक सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ । लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागीताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिहरुलाई निमन्त्रणा गर्नु भएको हो ।
सम्मेलन आगामी डिसेम्बर ९ र १० तारिखमा हुने तय भएको हो । सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानको नाम भने अमेरिकाले निमन्त्रणा गरेका देशहरुको सूचीमा छैन ।
बाइडेन प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुद् बनाउन सम्मेलनको आयोजना गरेको बताउने गर्नु भएको छ ।
प्रतिक्रिया