तनहुँ कांग्रेसको नेतृत्वमा युवा

तनहुँ कांग्रेसको नेतृत्वमा युवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तनहुँमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको नेतृत्वमा युवाको वर्चस्व देखिएको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा क्षेत्र रहेको जिल्लामा युवा नेतृत्वमा आएका हुन् । तनहुँ क्षेत्र नं १ को सभापतिमा युवा नेता श्याम मौराती निर्वाचित हुनुभएको छ । यही क्षेत्रको सचिवमा तरुण दलका सचिव दयानिधि नराल र बन्दीपुरका युवा नेता राजु बानियाँ निर्वाचित हुनुभएको छ । सहसचिवमा शैलेश खाती र युवराज आले निर्वाचित हुनुभएको छ ।

तनहुँ क्षेत्र नं २ को सभापतिमा नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष चूडामणि खनाल निर्वाचित हुनुभएको छ । सचिवमा तरुण दल व्यास नगरका कार्यवाहक सभापति जीवन चन्द ठकुरी र सन्तोष घिमिरे निर्वाचित हुनुभएको छ । दुवै क्षेत्रको कार्यसमिति सदस्यमा पनि युवा निर्वाचित भएका छन् ।तनहुँ क्षेत्र नं २ (क) को सचिवमा युथ कांग्रेसका जिल्ला संयोजक राजेशकुमार श्रेष्ठ अत्यधिक मतसहित निर्वाचित हुनुभयो । समग्र युवाको प्रतिनिधित्व गर्दै आफू उम्मेदवार बनेको र विजयी भएको उहाँले बताउनुभयो ।

महाधिवेशन प्रतिनिधिमा पनि युवाको उम्मेदवारी रहे पनि केही युवा पराजित हुन पुगे भने केही युवा निर्वाचित भएका छन् । नेपाल तरुण दल तनहुँका वरिष्ठ उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, अधिवक्तासमेत रहनुभएका मिलन आले, नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराई, चामबहादुर थापा युवाको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ ।

तनहुँ क्षेत्र नं १ (क) बाट प्रदेश प्रतिनिधिमा अत्यधिक मत ल्याएर निर्वाचित नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालले युवा पुस्ताको पार्टीमा आकर्षण बढेको बताउनुभयो । युवा नेविसङ्घ र तरुण दलमा जोडिने तर यी दुवै सङ्गठन निष्क्रिय रहेकाले युवाको पार्टीको नेतृत्वमा आकर्षण बढेको उहाँको बुझाइ छ ।

उहाँले युवाले नेतृत्व चयनमा आफ्नो सहभागिता खोज्न थालेकाले पनि पार्टीको नेतृत्वमा युवा निर्वाचित भएको बताउनुभयो । पार्टीको मूलधारमा युवा आउँदा पार्टी क्रियाशील हुने उहाँको विश्वास छ ।