कांग्रेस काठमाडौँ क्षेत्र नं ६ को सभापतिमा खड्गी विजयी

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ को सभापतिमा खड्गी विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ को सभापतिमा श्यामकृष्ण खड्गी विजयी हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न मतगणनाअनुसार खड्गीले १८८ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कृष्णमान श्रेष्ठले १७९ मत प्राप्त गर्नुभयो । सचिवमा उत्तम अधिकारी १९५ र रामशरण पाण्डे १८१, सहसचिवमा श्रीकृष्ण विडारी २११ र रवि सापकोटा १६२ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत शिवप्रसाद कँडेलले जानकारी दिनुभयो ।

खुला महाधिवेशन प्रतिनिधिमा कृष्ण सबुज बानियाँ २२८, इन्द्रमान महर्जन १९४, भीमसेनदास प्रधान १९१, हरिहर अधिकारी १७८, मनोज भण्डारी १६२, मोहम्मद निजामुद्दीन १४५, रुपकराज कुँवर १५६, सानुभाई सापकोटा १५८, केदारनाथ पाठक १४४ र इच्छाराम कार्की १४७ मत ल्याई विजयी हुनुभएको छ । यस्तै महिला खुलातर्फ हरिप्रभा खड्गी, यासीमा रहमान, जीवन डङ्गोल र अम्बिका शर्मा लामिछाने, पुरुष खस आर्यमा तेजेन्द्रजङ्ग कार्की, इञ्जिनीयर लक्ष्मण केसी र नवराज भण्डारी, महिला जनजाति सावित्री राजभण्डारी र सविता महर्जन निर्वाचित हुनुभएको छ ।

यसैगरी पुरुष आदिवासी जनजातितर्फ सानुकाजी प्रजापति, विजयकुमार लामा र भाइराम खड्गी विजयी हुनुभएको छ । खड्गी र सुशन वैद्यले समान १६७ मत प्राप्त गरेपछि गोलाप्रथाबाट खड्गीलाई विजयी घोषणा गरिएको हो । खस आर्य महिलामा सिर्जना ढकाल र कान्ता अधिकारी निर्वाचित हुनुभएको छ । समावेशी समूहअन्तर्गत दलितमा गोविन्द परियार निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत कँडेलले जानकारी दिनुभयो । उक्त निर्वाचन क्षेत्रमा ३७७ मत रहेकामा ३७५ मत खसेको थियो । काठमाडौँ क्षेत्र नं ६ मा बागबजार, ठमेल, लैनचौर, सामाखुशी, गोँगबु, टोखा, झोर, महाँकाल, साङ्ला, काभ्रेस्थली, मनमैजुलगायत क्षेत्र पर्दछन् ।

यो पनि – तनहुँ कांग्रेसको नेतृत्वमा युवा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तनहुँमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको नेतृत्वमा युवाको वर्चस्व देखिएको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा क्षेत्र रहेको जिल्लामा युवा नेतृत्वमा आएका हुन् ।तनहुँ क्षेत्र नं १ को सभापतिमा युवा नेता श्याम मौराती निर्वाचित हुनुभएको छ । यही क्षेत्रको सचिवमा तरुण दलका सचिव दयानिधि नराल र बन्दीपुरका युवा नेता राजु बानियाँ निर्वाचित हुनुभएको छ । सहसचिवमा शैलेश खाती र युवराज आले निर्वाचित हुनुभएको छ ।

तनहुँ क्षेत्र नं २ को सभापतिमा नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष चूडामणि खनाल निर्वाचित हुनुभएको छ । सचिवमा तरुण दल व्यास नगरका कार्यवाहक सभापति जीवन चन्द ठकुरी र सन्तोष घिमिरे निर्वाचित हुनुभएको छ । दुवै क्षेत्रको कार्यसमिति सदस्यमा पनि युवा निर्वाचित भएका छन् ।तनहुँ क्षेत्र नं २ (क) को सचिवमा युथ कांग्रेसका जिल्ला संयोजक राजेशकुमार श्रेष्ठ अत्यधिक मतसहित निर्वाचित हुनुभयो । समग्र युवाको प्रतिनिधित्व गर्दै आफू उम्मेदवार बनेको र विजयी भएको उहाँले बताउनुभयो ।

महाधिवेशन प्रतिनिधिमा पनि युवाको उम्मेदवारी रहे पनि केही युवा पराजित हुन पुगे भने केही युवा निर्वाचित भएका छन् । नेपाल तरुण दल तनहुँका वरिष्ठ उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, अधिवक्तासमेत रहनुभएका मिलन आले, नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराई, चामबहादुर थापा युवाको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ ।

तनहुँ क्षेत्र नं १ (क) बाट प्रदेश प्रतिनिधिमा अत्यधिक मत ल्याएर निर्वाचित नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालले युवा पुस्ताको पार्टीमा आकर्षण बढेको बताउनुभयो । युवा नेविसङ्घ र तरुण दलमा जोडिने तर यी दुवै सङ्गठन निष्क्रिय रहेकाले युवाको पार्टीको नेतृत्वमा आकर्षण बढेको उहाँको बुझाइ छ ।उहाँले युवाले नेतृत्व चयनमा आफ्नो सहभागिता खोज्न थालेकाले पनि पार्टीको नेतृत्वमा युवा निर्वाचित भएको बताउनुभयो । पार्टीको मूलधारमा युवा आउँदा पार्टी क्रियाशील हुने उहाँको विश्वास छ ।