एमाले केन्द्रीय सदस्यमा दमकबाट तीन जनाको उम्मेदवारी

एमाले केन्द्रीय सदस्यमा दमकबाट तीन जनाको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा दमकका तीन जना जनप्रतिनिधिसमेत रहेका नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । यसरी उम्मेदवारी घोषणा गर्नुहुनेमा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल, १ नम्बर प्रदेशसभा सदस्य अर्जुन राई र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली हुनुहुन्छ । उहाँहरुले आफ्ना सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्नुभएको हो । तीनै जना उम्मेदवार दमक– ५ का बासिन्दा हुनुहुन्छ ।

दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेशसभा सदस्य राईले आदिवासी जनजातिको क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभयो । यसैगरी राष्ट्रियसभा सदस्य दाहालले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल केन्द्रीय कमिटी सदस्यसमेत रहनुभएका नेता दाहालले मजबुत पार्टी निर्माण गर्दै आगामी चुनावमा पहिलो दल बनाउने अभियानसहित उम्मेदवारी घोषणा गर्नुभएको उल्लेख छ ।

यसैगरी दमक नगरपालिकाका प्रमुख ओलीले प्रदेश १ को भूगोलबाट केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । दमकमा पत्रकार सम्मेलन गरेर उहाँले पार्टीको सङ्गठनात्मक सुदृढीकरणका साथै पार्टीले लिएको नीतिलाई जनतामाझ सशक्तरूपमा पु¥याउन आफूले उम्मेदवारी दिने बताउनुभयो । विसं २०३८ देखि पार्टी गतिविधिमा क्रियाशील रहेको स्मरण गर्दै उहाँले आफ्नो अब पार्टीको केन्द्रीय कमिटीमा बसेर काम गर्ने इच्छा प्रकट भएको उल्लेख गर्नुभयो । एमालेको दशौँ महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हँुदैछ । महाधिवेशनले प्रदेश १ को भूगोलबाट दुई महिला र खुलाबाट दुई गरी कूल चार जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

यो पनि – आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको बताउनुभएको छ ।धनुषाको जनकपुरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रियता, देशभक्ति र लोकतन्त्रको झण्डालाई बुलन्द गर्दै अघि बढिरहेकाले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले हाम्रो पार्टी दक्षिणपन्थी भासमा भासिएको छैन्, क्रान्तिकारी सोचका साथअघि बढ्ेको छ भन्नुभयो । “पूर्वमेचीदेखि महाकालीसम्म आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ”, उहाँले भन्नुभयो, “सात प्रदेशमध्ये दुई प्रदेशमा हाम्रै पार्टी नेतृत्वको सरकार छ । प्रदेश नं २ मा पनि हामी एमालेभन्दा कैयौं गुणा शक्तिशाली छौं । यो कुरा सबैलाई थाहा छ ।”

अध्यक्ष नेपालले नेकपा (एमाले) भन्दा आफ्नो पार्टी शक्तिशाली रहेको दाबी गर्दै आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो हुने विश्वास व्यक्त गर्नुभयो । यही मङ्सिर १५ गतेबाट पार्टीले स्टीकर वितरण गर्दै जनताको घर–घरमा पुग्ने अभियान चलाउन लागेको बताउँदै उहाँले पार्टीलाई शक्तिशाली बनाउने गरी जनताको घरमा पुग्ने अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

यसैगरी अध्यक्ष नेपालले आज बिहान जनकपुरधाम उपमहानगरपालिका–१ किशोरी नगरमा नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश र धनुषा जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले विभिन्न पार्टी परित्याग गरी आएका नेता कार्यकर्तालाई माला, अबिर लगाएर पार्टी प्रवेश गराउनुभयो ।

गाडीबाट लडेर विद्यार्थीको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केबरमा गुडिरहेको गाडी (विङ्गर) बाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना १ ज ७०४९ नं को विङगरको ढोका छेउबाट लडेर धनुषाधाम नगरपालिका–७ भगवानपुरी निवासी १८ वर्षीया पूजाकुमारी महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो । महतो धनुषाको धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत्त रहेको जनाइएको छ । गुडिरहेको बेला ढोका छेउबाट लड्दा पूजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ