नेपाली कांग्रेस अर्घाखाँचीबाट सर्वोत्कृष्ट मतसहित महाधिवेशन प्रतिनिधि बनेका नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले आशन्न नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी दिने घोषणा गरेका छन । लामो समय सम्म नेपालको स्वास्थ्य क्षेत्रको नेतृत्व तहमा रहेर काम गरेमा श्रेष्ठ नेपाली कांग्रेसमा लोकपृय मानिन्छन । गोविन्द केसीको मागलाई नेतृत्व तहमा रहँदा कुषल ब्यबस्थापन गरि सरकारसंग समन्वय गरेका श्रेष्ठ कार्यकर्ताको सुखदुखमा साथ दिन रमाउछन ।
अर्घाखाँची जिल्लाको छत्रदेवका स्थायी डा मुक्तिराम श्रेष्ठ अर्घाखाँची जिल्ला अधिवेशनमा झण्डै ७५% मत प्राप्त गरि जिल्लामै सबैभन्दा बढी मत पाएका नेता हुन् ।झण्डै १५ वर्ष अगिबाट कम्युनिष्टको प्रभाव देखिएको अर्घाखाँचीमा आगामी संघिय निर्वाचन क्षेत्रमा उनको उमेदवारी जनताले चाहेको र उनी बिजयी हुने कुरामा प्रवल सम्भावना रहेको छ । उनलाई नजिकबाट चिनेका छत्रदेवकै प्रभावशाली व्यक्तित्व सुशील खनाल भन्छन ” डा. मुक्तिराम श्रेष्ठ अर्घाखाँची कंग्रेसका मात्र नभएर आम जिल्लाबासीका पृय नेता हुन । जोसुकै विरामी परेर काठमाडौ जाँदा देखिने समस्या समाधानमा दिनरात खटेर उपचारमा सहज वातावरण मिलाउनको उनको भूमिका अतुलनीय छ ” । त्यसैले पनि डा मुक्तिराम श्रेष्ठ सबैका पृय बनेका छन् । केपि ओली सरकारको वेला गोविन्द केसीमाथि भएको अन्यायका बिरुद्ध लडेर त्यसलाई सहमतीय निष्कर्षमा पुराउन उनको योगदान ठूलो थियो, जुन नेपाली कांग्रेसका लागि गौरवको विषय बनेको थियो।
यो पनि – कांग्रेस महाधिवेशन : डोटीमा पार्टी सभापतिमा सिंह विजयी
नेपाली कांगे्रसको १४ औँ महाधिवेशनका लागि बुधबार भएको मतदानमा नरेन्द्रबहादुर सिंह विजयी हुनुभएको छ । बुधबार सम्पन्न भएको निर्वाचनमा कूल ९८७ मत खसेका थिए । त्यसमा सिंह ५६८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी भूमिराज बडुले ३९७ मत प्राप्त गर्नुभएको छ । सिंहले आफ्ना निकटतम प्रतिद्वन्द्वी बडुलाई १७१ मतको अन्तरले विजयी हुनुभएको हो ।
मङ्गलबार भएको निर्वाचनमा कूल खसेका मतमध्ये ५१ प्रतिसत मत कसैले पनि ल्याउन नसकेका कारण बुधबार सभापतिका लागि पुनः निर्वाचन भएको थियोे । सभापतिका लागि सिंह र बडुका बीच दोस्रो चरणमा मतदान भएको हो । मङ्गलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार रहेका थिए ।
कुल मतदाता एक हजार १०७ रहेका थिए । बुधबार भएको निर्वाचनमा २२ मत बदर भएका निर्वाचन समितिले जनाएको छ । मङ्गलबार पहिलो चरणमा भएको निर्वाचनमा सिंहले ३५८, बडुले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझोले ३४ मत प्राप्त गर्नुभएको थियो ।
प्रतिक्रिया