विश्वकप एसिया छनोट : नेपालद्वारा कुवेत पराजित

विश्वकप एसिया छनोट : नेपालद्वारा कुवेत पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ मङ्सिर (रासस) : आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ । संयुत अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पा¥यो । यसअघि भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।

त्यस्तै नेपाल पहिलो खेलमा भने हङकङसँग ६ विकेटले पराजित भएको थियो । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा केवल एक विकेट गुमाएर पूरा ग¥र्यो । नेपालको जितमा इन्दु बर्माले १३ रन जोडिन भने कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा २७ रन जोडेको थियो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन ।
कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सङ्गीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन विकेट हात पारे भने करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीले एक–एक विकेट लिए । कुवेत भने अघिल्ला दुबै खेलमा पराजित भएको थियो । कुवेत भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनले पराजित भएको थियो । नेपालले अब भोलि मलेसियासँग खेल्नेछ ।

यो पनि – मिसिल व्यवस्थापन र प्रमाण भण्डारण कक्ष निर्माण

वीरगञ्ज, ९ मङ्सिर (रासस) : जिल्ला प्रहरी कार्यालय पर्साले मुद्दा शाखाको काम थप प्रभावकारी बनाउन मिसिल व्यवस्थापन तथा सबुत प्रमाण भण्डारण कक्ष निमार्ण गरेको छ । सखुवा प्रसौनी गाउँपालिकाको रु १२ लाखको सहयोगमा प्रहरी कार्यालय परिसरमा कक्ष स्थापना गरिएको हो । नवनिर्मित कक्षमा मिसिल, असिमित हदम्याद भएका फाइल र सबुत प्रमाण राख्ने स्थान छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ । कक्ष स्थापनापछि मुद्दा शाखालाई व्यवस्थित गर्न सहयोग पुगेको प्रहरी निरीक्षक कुशल बर्तौलाले जानकारी दिनुभयो । भवन निमार्णका लागि सखुवाप्रसौनी गाउँपालिकाले सहयोग गरेको हो ।

भण्डारण कक्षमा मिसिल र सबुत प्रमाण राख्नका लागि आवश्यक दराजलगायत सामग्रीको बन्दोबस्त विध्यवासिनी गाउँपालिका र निम्बस ग्रुपलले गरेको हो । गाउँपालिकाले रु तीन लाख तथा निम्बस ग्रुपले रु पाँच लाख ७० हजारको सामग्री सहयोग गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।