विकट बस्ती सुडिगाउँमा घरघरमा खानेपानी आउँदा स्थानीयवासी खुसी

विकट बस्ती सुडिगाउँमा घरघरमा खानेपानी आउँदा स्थानीयवासी खुसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खलङ्गा, ९ मङ्सिर (रासस) : जुम्लाको तिला गाउँपालिका–६ स्थित विकट बस्ती सुडिगाउँमा घरघरमा खानेपानीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ । सो गाउँ अहिलेसम्म राष्ट्रिय सडक सञ्जालबाट जोडिएको छैन । यो क्षेत्रका नागरिकले दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री पिठ्युँमा र खच्चरबाटै बोकेर लैजाने गर्छन् । स्थानीयवासीले उत्पादित वस्तु पनि पिठ्युँमै बोकेर गाउँपालिकाको व्यापारी केन्द्र रारासेरी बजारमा बिक्रीका लागि लैजाने गर्छन् । विकट ठाउँ भएपनि अहिले घरघरमा खानेपानीका धारा पुगेको स्थानीयवासी गोरीकला रावतले बताउनुभयो ।

प्रत्येक घरधुरीमा धारा जडान भएपछि खानेपानीको सुविधा पुगेको स्थानीयवासी बताउँछन् । अनुकूलन कोषको आर्थिक सहयोग, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारी तथा साझेदारी सहयोग केन्द्र पेस नेपाल जुम्लाले प्रत्येक घरमा खानेपानी धारा जडान गरेको पेस नेपाल जुम्लाका सव इञ्जिनीयर हर्कबहादुर रावतले बताउनुभयो ।

कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम क्याप्स कर्णाली परियोजनाअन्तर्गत खानेपानी धारा जडान गरिएको पेस नेपाल जुम्लाले जनाएको छ । प्रत्येक घरधुरीका ‘क’ र ‘ख’ वर्गले ७९ दिन काम गरेर खानेपानी आयोजना निर्माण भएको सवइञ्जिनीयर रावतले बताउनुभयो । खानेपानी आयोजना निर्माण गरेबापत ‘क’ र ‘ख’ वर्गका प्रत्येक घरधुरीले रु ५७ हजार ६३२ प्राप्त गरेका छन् । आयोजनाबाट ९७ घरधुरीका नागरिकले ७९ दिन रोजगार पाउनुका साथै घरमै खानेपानीको सुविधा प्राप्त गरेका छन् । आयोजना सम्पन्न गर्न रु ८४ लाख ८५ हजार ५१७ खर्च भएको पेस नेपाल जुम्लाले जनाएको छ ।

यो पनि – विश्वकप एसिया छनोट ः नेपालद्वारा कुवेत पराजित

काठमाडौँ, ९ मङ्सिर (रासस) : आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ । संयुत अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पा¥यो । यसअघि भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।

त्यस्तै नेपाल पहिलो खेलमा भने हङकङसँग ६ विकेटले पराजित भएको थियो । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा केवल एक विकेट गुमाएर पूरा ग¥र्यो । नेपालको जितमा इन्दु बर्माले १३ रन जोडिन भने कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा २७ रन जोडेको थियो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन ।

कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सङ्गीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन विकेट हात पारे भने करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीले एक–एक विकेट लिए । कुवेत भने अघिल्ला दुबै खेलमा पराजित भएको थियो । कुवेत भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनले पराजित भएको थियो । नेपालले अब भोलि मलेसियासँग खेल्नेछ ।