शिक्षामन्त्री पौडेल विद्यालयको आकस्मिक अनुगमनमा

शिक्षामन्त्री पौडेल विद्यालयको आकस्मिक अनुगमनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आज आकस्मिकरुपमा विद्यालयको अनुगमनमा जानुभएको छ । बिहीबार दिउँसो कक्षा चलिरहेका बेला उहाँ त्रिरपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा पुग्नुभएको थियो । विद्यालयको शैक्षिक अवस्थाबारे जानकारी लिन उहाँ सो विद्यालयको अनुगमनका लागि पुग्नुभएको थियो । अनुगमनका क्रममा मन्त्री पौडेलले बालबालिकालाई भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै गम्भीर भएर लाग्न निर्देशन दिनुभयो । कक्षा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा तीन हजार ७०० विद्यार्थी रहेका छन् ।

कक्षा सञ्चालन भइरहेका बेला मन्त्री पौडेलले प्रत्येक कक्षाकोठामा पुगेर अध्ययन गर्दै गर्दाका समस्या केके छन्् भन्दै विद्यार्थीलाई सोध्नुभएको थियो । “बुबाआमाको काखपछिको पाठशाला भनेको विद्यालय हो”, उहाँले भन्नुभयो, “देशमा निर्माण गर्ने बालबालिकाको जीवनमाथि खेलबाड नहोस् ।”

उहाँले शिक्षक तथा विद्यार्थीले थप परिश्रम गरी नमूना विद्यालयका रूपमा स्थापित गराउन आग्रह गर्दै मन्त्रालयले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्रीमा नियुक्त भएलगत्तै सार्वजनिक शिक्षा सुधार गर्ने मन्त्रालयको लक्ष्य रहेको भन्दै उहाँले विद्यालयका शिक्षक र विद्यार्थीले गरेको भूमिका नमूना हुने विश्वास व्यक्त गर्नुभयो ।

एमबिबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएका सोही विद्यालयका आशिष झालाई मन्त्री पौडेलले फोन गरेर बधाई दिनुभएको छ । “सार्वजनिक विद्यालयमा पढेका विद्यार्थीले राम्रो गर्न सक्छन् भन्ने उदाहरण तपाईंले दिनुभएको छ”, मन्त्री पौडेलले भन्नुभयो, “शिक्षाका निम्ति आवश्यक पर्ने कुरामा तपाईंलाई मन्त्रालयले सहयोग गर्छ ।”

कक्षा १२ सम्म पढाइ हुने विश्व निकेतन माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षाको पढाइ हुन्छ । साथै कक्षा ९ मा इलेक्ट्रिक इञ्जिीनियरिङ अध्यापन गराइने विद्यालयका प्रअ हेरम्बराज कँडेलले जानकारी दिनुभयो । देशभरका सार्वजनिक विद्यालयमध्येको विश्व निकेतन माध्यमिक विद्यालय राम्रोमध्येको एक हो ।