पार्टीभित्रको प्रतिस्पर्धालाई आम निर्वाचनमा प्रस्तुत गर्नुहुँदैन : सहमहामन्त्री डा महत

पार्टीभित्रको प्रतिस्पर्धालाई आम निर्वाचनमा प्रस्तुत गर्नुहुँदैन : सहमहामन्त्री डा महत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा प्रस्तुत गर्न नहुने बताउनुभएको छ । काठमाडौँ जिल्ला सभापति पदमा उपेन्द्र कार्की समूहको उम्मेदवारी घोषणासभामा आज साँझ आयोजित कार्यक्रममा उहाँले पार्टीको आन्तरिक जीवनमा हुने प्रतिस्पर्धा सामान्य भएको भन्दै यसलाई आम निर्वाचनमा प्रस्तुत गर्न नहुने बताउनुभएको हो ।

सहमहामन्त्री डा महतले आन्तरिक प्रतिस्पर्धामा असहिष्णुता हुन नहुने भन्दै एकअर्कालाई होच्याउने काम नगर्न सुझावसमेत दिनुभयो । “नेताले कमीकमजोरी गरे त्यो स्वीकार गर्ने संस्कृति बसाउनुपर्छ, जित्ने हार्ने दुवैले पार्टी, जनता र सिद्धान्त प्रमुख ठानेर काम गर्नुपर्छ, पार्टीमा व्यक्तिभन्दा विचार र संस्था महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो ।

पार्टीको १४औँ महाधिवेशनबाट पार्टी रूपान्तरण र बलियो बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । कांग्रेस काठमाडौँका सभापतिका उम्मेदवार कार्कीले कांग्रेसमा नयाँ ऊर्जा र सफलता थप्नका लागि आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, किरण गिरी, ध्यानगोविन्द रञ्जित, सांसद भीमसेनदास प्रधानलगायतको उपस्थिति रहेको थियो । कार्की समूहबाट उपसभापतिमा धर्म अर्याल र रामलाल श्रेष्ठ, सचिवमा सागरदास रञ्जित, सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानले उम्मेदवारी दिने हुनुभएको छ ।

यो पनि -संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसको बहुमतको सरकार : नेता निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनका लागि आगामी निर्वाचनमा कांग्रेस बहुमतका साथ विजयी हुनुपर्ने बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिमा उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसक्नुभएका उहाँले आज आफ्नो ‘प्रतिबद्धता र योजना’ सार्वजनिक गर्न यहाँ आयोजित कार्यक्रममा सो कुरा बताउनुभएको हो । कांग्रेसलाई देशको एकमात्र सुसङ्गठित, सुव्यवस्थित र सक्षम पार्टी बनाउने र तीनै तहका निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउने आफ्नो योजना गरेको उहाँले उल्लेख गर्नुभयो ।

कांग्रेसमा रूपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने योजना सुनाउँदै नेता निधिले भन्नुभयो, “नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय सहभागी गराउने मेरो परिकल्पना छ ।”

पार्टीभित्रका गुटउपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबैलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्य उन्मुख गराउने, युवालाई आत्मसम्मानका साथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्ने, संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णयानुसार कार्यान्वयन गराउनेलगायतका आफ्ना प्रतिबद्धता र योजनाका बारेमा उहाँले जानकारी गराउनुभयो ।

कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनमा प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः दोहो¥याउने बताइसक्नुभएको छ । यसबाहेक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र कल्याण गुरुङ पनि सभापतिका आकांक्षीका रूपमा देखिनुभएको छ ।