आजदेखि महिला हिं.साविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानको पहिलो दिन काठमाडौँ महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गीले आर्थिक उन्नति र शिक्षाको अवसरले महिलाको सशक्तीकरण हुने र यस अवस्थामा हिंसाका घटना कम हुने धारणा राख्नुभयो । अन्तक्र्रियामा अधिवक्ता मीरा ढुङ्गानाले महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै कारण भेद्भाव, अपमान, दु.व्र्यवहार, शा.रीरिक, मानसिक, भावनात्मक वा यौनजन्य पीडा सबै हिं.सा रहेको भन्दै त्यसलाई कम गर्नका लागि कानून कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
नेपालमा बोक्सीको आरोप, महिनावारी र सुत्केरीसम्बन्धी मूल्यमान्यता, गाली, बेइज्जती, छुवाछूत, दाइजो, लिङ्ग पहिचानबाट गरिने भ्रूण ह.त्याजस्ता हिं.सा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ । यस प्रकारका अपराध हुन नदिन नेपालको संविधानले विभिन्न अधिकारको व्यवस्था गरेको छ । महिलाको हक, शो.षणविरुद्धको हक, छु.वाछूत र भेदभावविरुद्धको हक, समानताको हक, न्यायसम्बन्धी हक, अपराध पीडितको हक, बालबालिकाको हकलाई मुख्यरूपमा लिन सकिन्छ ।
सन् १९९१ देखि हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विभिन्न कार्यक्रमका साथ यो अभियान सञ्चालन हुँदै आएको छ । लिङ्गका आधारमा हुने सबै प्रकारका हिंसा र अपराध हटाएर समानतामा आधारित समाज निर्माण गर्नु यस अभियानको मुख्य लक्ष्य हो । यस वर्ष मङ्सिर ९ गतेदेखि १६ दिनसम्म अभियान सञ्चालन हुनेछ । यस वर्षको नारा ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ रहेको छ ।
यो पनि- महिला हिं.सा न्यूनीकरणमा प्रभावकारी कदम चाल्न आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले महिला हिंसा न्यूनीकरण र अन्त्यका लागि प्रभावकारी नीति तथा कार्यक्रम तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ र नियमावली, २०६७ को प्रभावकारी कार्यान्वयन गर्न र ती ऐन र नियमावलीलाई समयसापेक्ष संशोधन गर्नका लागि सरकारसँग आग्रह गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा घरेलु हिंसाको न्यूनीकरणका लागि आआफ्नो क्षेत्रबाट भूमिका खेल्न मानव अधिकारकर्मी, नागरिक समाज, घर परिवारलगायत सम्बद्ध सबै पक्षलाई अनुरोध गरिएको छ ।
‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’भन्ने नाराका साथ आजदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान प्रारम्भ भएको छ । यस अभियानलाई प्रभावकारी र अर्थपूर्णरुपमा मनाउन मानव अधिकारकर्मी, नागरिक समाजलगायत सरोकारवाला सबैलाई आयोगले आह्वानसमेत गरेको छ ।
विभिन्न समाचार माध्यम र आयोगमा प्राप्त महिला हिंसासम्बन्धी उजुरीका आधारमा विश्लेषण गर्दा नेपालमा महिला हिंसाका अधिकांश घटना घरभित्रै हुने र परिवारकै सदस्यको संलग्नता देखिने गरेकाले घरभित्र हुने महिला हिंसाको अन्त्य हुनसकेमा महिला हिंसाको न्यूनीकरणमा ठूलो उपलब्धि हुने देखिएको छ । आयोगले महिला हिंसाको अवस्था, स्वरुप, कारण र न्यूनीकरणका उपायलगायतका विषयमा केन्द्रित भएर अनुगमन÷अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।



प्रतिक्रिया