जनताको सुःख दुःखको पार्टी कांग्रेस हो ः मन्त्री कार्की

जनताको सुःख दुःखको पार्टी कांग्रेस हो ः मन्त्री कार्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस जनताको सुःख दुःखको पार्टी भएको बताउनुभएको छ । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकहीमा आज कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगत सुनसरी क्षेत्र नम्बर ४ मा विभिन्न पदमा विजयी भएका पदाधिकारीलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा उहाँले कांग्रेसलाई यस क्षेत्रको जनताको दुःख, सुःखको पार्टीको रुपमा स्थापित गर्नका लागि नवनिर्वाचित पदाधिकारीलाई आग्रह गर्नुभयो । मन्त्री कार्कीले पार्टीलाई आफ्नो मात्र नभइ यस क्षेत्रको जुनसुकै आस्था र विचार बोक्ने व्यक्तिको पनि आस्थाको केन्द्र भएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

यस क्षेत्रमा नेपाली कांग्रेसलाई बलियो र आउने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा सबै क्षेत्रमा जीत सुनिश्चित गर्नमा ध्यान केन्द्रित गर्न पार्टीका नेता कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । अहिले निर्वाचित भएका पदाधिकारीको कार्यकालमा यस क्षेत्रमा पार्टीलाई थप मजबुत बनाउनका लागि भूमिका निर्वाह गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

“पार्टी भित्रको आन्तरिक निर्वाचनमा पराजित भएकालाई पनि सँगै लिएर अगाडि बढ्नु आवश्यक छ”, मन्त्री कार्कीले भन्नुभयो । कांग्रेस क्षेत्र नम्बर ४ का नवनिर्वाचित सभापति अयुव अंसारीको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्री कार्कीले पार्टीको जिल्ला अधिवेसनमा सही नेतृत्व चयन गर्न पनि आग्रह गर्नुभयो ।

यो पनि- गण्डकी सडक मानवमुक्त प्रदेश घोषणा

गण्डकी प्रदेश सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश घोषणा गरिएको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले आज पोखरामा आयोजना गरेको एक कार्यक्रमकाबीच मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशलाई सडक मानवमुक्त घोषणा गर्नुभयो ।

प्रदेश सरकारको अभिभावकत्वमा ११ वटै जिल्लाका प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ८५ वटै पालिका तथा मानव सेवा आश्रमको सहकार्यमा सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश घोषणा गरिएको सरकारले जनाएको छ । सडक मानव व्यवस्थापनका लागि प्रदेश सरकारले मानव सेवा आश्रमसँग सम्झौता गरेको छ । यसका लागि प्रदेश सरकारले आश्रममा रहेकालाई प्रतिव्यक्ति मासिक रु तीन हजार उपलब्ध गराउनेछ ।

सडकमा आश्रित मानिसको उद्धार गरी मानव सेवा आश्रममा राखेर सडक मानवमुक्त बनाउने योजना छ । अहिले मानव सेवा आश्रमले गण्डकीका चार जिल्लामा सेवा सञ्चालन गर्दै आएको छ । ती केन्द्रमा हाल ४०० जना आश्रित छन् । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार भौतिक विकास मात्र नभई सामाजिक विकासका क्षेत्रमा समेत क्रियाशील रहेको बताउनुभयो ।

पर्यटकीय नगरी पोखरामा सडकमा आश्रित मानवका कारण नकारात्मक सन्देश गइरहेको र अभिभावकविहीनलाई संरक्षण गर्ने दायित्व प्रदेश सरकारको रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी बाटोघाटो पनि बनाउँछौँ, त्यसका अतिरिक्त सामाजिक क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखेका छौँ ।” मन्त्रालयले कोरोनबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययनका लागि राहत वितरण सुरु गरेको छ ।