नेपाल प्रहरीले अदालतबाट रु २० लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २० लाख जरिवाना गरेपछि फरार रहेका तनहुँ भानु नगरपालिका–१३ की शोभा गुरुङलाई आज पक्राउ गरेको हो ।
ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विस २०७७ असार १ गतेको फैसलापछि चार दिन कैद र बिगो बमोजिम रु बीस लाख जरिवाना ठहर गरेपछि फरार रहेकी गुरुङलाई आज ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेकी गुरुङले आफ्नो एनआईसी एशिया बैँक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् । उच्च अदालतले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । गुरुङलाई आजै जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।
यो पनि – जनताको सुःख दुःखको पार्टी कांग्रेस हो ः मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस जनताको सुःख दुःखको पार्टी भएको बताउनुभएको छ । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकहीमा आज कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगत सुनसरी क्षेत्र नम्बर ४ मा विभिन्न पदमा विजयी भएका पदाधिकारीलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा उहाँले कांग्रेसलाई यस क्षेत्रको जनताको दुःख, सुःखको पार्टीको रुपमा स्थापित गर्नका लागि नवनिर्वाचित पदाधिकारीलाई आग्रह गर्नुभयो । मन्त्री कार्कीले पार्टीलाई आफ्नो मात्र नभइ यस क्षेत्रको जुनसुकै आस्था र विचार बोक्ने व्यक्तिको पनि आस्थाको केन्द्र भएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
यस क्षेत्रमा नेपाली कांग्रेसलाई बलियो र आउने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा सबै क्षेत्रमा जीत सुनिश्चित गर्नमा ध्यान केन्द्रित गर्न पार्टीका नेता कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । अहिले निर्वाचित भएका पदाधिकारीको कार्यकालमा यस क्षेत्रमा पार्टीलाई थप मजबुत बनाउनका लागि भूमिका निर्वाह गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
“पार्टी भित्रको आन्तरिक निर्वाचनमा पराजित भएकालाई पनि सँगै लिएर अगाडि बढ्नु आवश्यक छ”, मन्त्री कार्कीले भन्नुभयो । कांग्रेस क्षेत्र नम्बर ४ का नवनिर्वाचित सभापति अयुव अंसारीको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्री कार्कीले पार्टीको जिल्ला अधिवेसनमा सही नेतृत्व चयन गर्न पनि आग्रह गर्नुभयो ।



प्रतिक्रिया