कोरोनाबाट अभिभावक गुमाएकालाई मासिक पाँच हजार

कोरोनाबाट अभिभावक गुमाएकालाई मासिक पाँच हजार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक रु पाँच हजार राहत वितरण सुरु गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले महामारीबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययन÷अध्यापनका लागि मासिक राहत रकम उपलब्ध गराउने व्यवस्था चालु वर्षको बजेट कार्यक्रममा समावेश गरेको थियो ।

सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएर बालबालिकाको तथ्याङ्क सङ्कलन गरी कागजात पुगेलाई बिहीबार रकम हस्तान्तरण गरिएको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राहत रकम हस्तान्तरण गर्नुभएको थियो । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति रु ६० हजार सहयोग प्रदान गर्न लागेको हो । प्रदेशमा स्थायी बसोबास गर्ने र कोरोनाबाट मृत्यु भएका नागरिकका सन्ततिले यो रकम रकम प्राप्त गर्नेछन् ।

पहिलो चरणमा कोभिडबाट मृत्यु भएका ३९ जनाका ६० बालबालिकालाई राहत वितरण गरिएको संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मन्त्रालयमा १७० जनाको नाम प्राप्त भएकामा आठ जनाको १८ वर्ष उमेर पुगेको र बाँकी १६२ मध्ये १०२ वटा निवेदनको मापदण्डबमोजिम कागजात पूरा हुन बाँकी छ ।

बाँकी कागजात माग गरिसकिएको र त्यसपछि उनीहरुलाई पनि राहत रकम प्रदान गरिने मन्त्रालयले जनाएको छ । पहिलो किस्ताअन्तर्गत कात्तिक मसान्तसम्मका लागि रु ११ लाख पाँच हजार निकासा भएको मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । राहत रकमका लागि कोभिडका कारण मृत्यु भएका अभिभावकको पिसीआर रिपोर्ट, स्वास्थ्य संस्था वा अस्पतालमा मृत्यु भएको भए सो खुल्ने कागजात, वडा कार्यालयको सिफारिस, विद्यालयमा अध्ययन गर्नेको हकमा विद्यालयको सिफारिस तथा हाल संरक्षकत्वको विवरणसहितका कागजपत्र मन्त्रालयले माग गरेको थियो ।

यो पनि – ब्राउनसुगरसहित सात जना पक्राउ

झापाको भद्रपुरबाट ला.गुऔषध ब्राउनसुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ सङ्गमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड–८ सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा–१ का २८ वर्षीय राज श्रेष्ठलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडा प्रहरी कार्यालयको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्ने क्रममा उनीहरुका साथबाट चार ग्राम ६१० मिलीग्राम ब्राउनसुगर, एक थान नाइट्रोजन ट्याबलेट, एक थान डिजिटल तराजु, मे८प ९७०१ र को३८प ९०२८ नंको मोटरसाइकल बरामद गरेको कार्यालयले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।