नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत भक्तपुरको जिल्ला अधिवेशनमा वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेँबीच प्रतिस्पर्धा हुने भएको छ । थापा र कवेँले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिने घोषणा गरेका छन् । यसअघिको भक्तपुरको जिल्ला अधिवेशनमा पनि थापा र कवेँबीच सभापतिका लागि कडा प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा पहिलो स्थानमा रहेका कवेँलाई दोस्रो चरणमा झिनो मतले पछि पार्दै थापा सभापतिमा निर्वाचित हुनुभएको थियो । यस पटक पनि दुवै जनाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
पार्टीको आजको बैठकबाट उम्मेदवारी दर्ता शनिबार गर्ने सहमति भएको कांग्रेस जिल्ला सहसचिव किरण न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज अन्तिम नामावली प्रकाशन गर्ने र आइतबार मतदानको तालिका तय गरिने भएको छ ।”
यो पनि – कांग्रेस पर्वतका सभापतिमा जोशी विजयी
नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी हुनुभएको छ । गए राति सम्पन्न मनगणनामा उहाँले खसेको मतमध्ये ५१ दशमलव पाँच प्रतिशत मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
निर्वाचनमा सहभागी एक हजार १८६ मतमध्ये उहाँले ६०९ मत प्राप्त गर्नुभएको थियो ।
कांग्रेसको विधानुसार सभापतिमा निर्वाचित हुनका लागि ५१ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहे पनि जोशीले जम्मा सहभागी मतको ५१ दशमलव पाँच प्रतिशत मत प्राप्त गरेपछि निर्वाचन समितिले विजयी भएको घोषणा गरेको हो । उपसभापतिमा डा चूडामणि शर्मा र शिवप्रसाद सुवेदी त्यसै गरी सचिवमा अशोक उच्चै ठकुरी र गुप्तनिधि शर्मा विजयी भएका छन् ।
त्यस्तै सहसचिवमा अच्युत तिवारीले ६५८ मत ल्याएर विजयी भएका छन् । यसै गरी सहचिवमा तिलक भुसालले ५१९ र विजयी तिवारी विजयी भएका छन् ।
त्यसैगरी महाधिवेशन प्रतिनिधिमा अपाङ्गता भएका व्यक्तिबाट कुलप्रसाद पाध्या, खुला महिलाबाट सीताकुमारी काफ्ले लामिछाने, मुना भुसाल, रेखा गुरुङ र राधा कुँवर क्षेत्री बिजयी हुनुभएको छ । खुल्ला पुरुषतर्फ रामचन्द्र जोशी, नवराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, गङ्गाधर तिवारी, विद्वान् गुरुङ, ऋषिकेश तिवारी, विमलराज क्षेत्री, राजेन्द्रप्रसाद तिवारी, वसन्तबहादुर सिके र खिमप्रसाद भुसाल विजयी हुनुभएको छ । दलित महिलातर्फ खैसरा नेपाली, दलित खुलामा जीतबहादुर नेपाली, खस आर्य महिलामा मुना शर्मा लामिछाने, मीनाकुमारी केसी र सिर्जना मल्ल विजयी हुनुभएको छ ।
त्यसैगरी खस आर्य पुरुषतर्फ तोरण मल्ल ठकुरी राज, डा केदार सुवेदी र कुलप्रसाद उपाध्याय विजयी हुनुभएको छ भने आदिवासी जनजातितर्फ मीना कर्माचार्य र मोहनबहादुर गुरुङ विजयी हुनुभएको छ । अपाङ्गता भएका व्यक्तितर्फ लेखनाथ पौडेल र मधेसी÷मुस्लिम÷ अल्पसङ्ख्यकबाट सनम बेगम निर्विरोध निर्वाचित हुनुभएको छ । जिल्ला सदस्यमा खुला र भूगोलतर्फ पनि जोशी प्यानलकै उम्मेदवार विजयी हुनुभएको छ ।
कार्यसमितिको परिणाम घोषणालगत्तै निकटम प्रतिद्वन्द्वी मल्लले सभापतिमा विजयी जोशीलाई खादा लगाएर सम्मान व्यक्त गर्नुभएको थियो । निर्वाचित सभापति जोशीले आगामी दिनमा कांग्रेसलाई पहिलो राजनीतिक शक्ति बनाउन आफ्नो महत्वपूर्ण भूमिका हुने बताउनुभएको थियो ।
प्रतिक्रिया