अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई पूर्ण मात्राको कोरोनाको खोप

अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई पूर्ण मात्राको कोरोनाको खोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१० मङ्सिर (रासस÷सिन्ह्वा) ः अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप दिइएको छ । यहाँका अधिकारीहरुले अफ्रिकामा पनि कोरोना विरुद्धको खोपको अभियान सञ्चालन भइरहेको तर पनि कोरोना विरुद्धको खोप सबैलाई सुलभ भने नभएको बताइएको छ । विश्व स्वास्थ्य सगठनले बिहीबार दिएको जानकारीअनुसार जुन सुकै देशमा पनि अग्र स्थानमा खट्ने स्वास्थ्यकर्मीहरुका लागि खोपलाई प्राथमिकता दिने गरिएको छ ।

यसै अनुसार अफ्रिकामा पनि स्वास्थ्यकर्मीलाई खोपको प्राथमिकता दिइएको हो । तर पनि यहाँका धेरै जसो स्वास्थ्यकर्मीहरुले खोप पाउन सकेका छैनन् ।स्वास्थ्यकर्मीले नै खोप पाउन नसक्दा कोरोनाका विरुद्धको लडाइँ जोखिमपूर्ण अवस्थामा रहेको अफ्रिकाका लागि विश्व स्वास्थ्य सगठनका निर्देशकले जानकारी दिएका छन् । यसै पनि अफ्रिकाका १६ ओटा देशमा स्वास्थ्यकर्मीको संख्या निकै थोरै छ । यहाँ प्रति एक हजार जना नागरिकमा एकजना मात्र चिकित्सक उपलब्ध रहेका छन् ।यसैमा पनि कोरोना विरुद्धको खोप २७ प्रतिशतले मात्र प्राप्त गर्न सक्नुले कोरोनाको जोखिम कम हुन नसकेको बताइएको छ ।

यो पनि – चीन र अफ्रिकाले संयुक्त रूपमा जलवायु परिवर्तन बारे सम्बोधन गर्दै

चीनले संयुक्त रूपमा जलवायु परिवर्तनसँग जुध्न १४ अफ्रिकी देशहरूसँग १५ वटा सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ । शुक्रबार प्रकाशित श्वेतपत्रमा जनाइएअनुसार यस मुद्दामा अफ्रिकाको प्रतिक्रियाको समर्थनमा विभिन्न दृष्टिकोणहरू खोजिएको छ । जलवायु परिवर्तनलाई सम्बोधन गर्नका लागि शमन र अनुकूलन कार्यक्रमहरू लागू गर्ने, पाइलट कम-कार्बन औद्योगिक पार्कहरू संयुक्त रूपमा स्थापना गर्ने र क्षमता निर्माणमा तालिम सञ्चालन गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छन् ।
यस कार्यक्रमलाई “चीन र अफ्रिका नयाँ युग: समानताको साझेदारीका रूपमा व्याख्या गरिएको छ ।

यो पनि – रुसमा कोइला खानी दुर्घटनामा परी ५२ मजदुर र छ जना उद्धारकर्मीको मृत्यु

१० मङ्सिर (रासस÷सिन्ह्वा) ः रुसमा कोइला खानी दुर्घटनामा परी कम्तीमा पनि ५२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार रुसको केमरोभो प्रान्तमा बिहीबार सो दुर्घटना भएको थियो ।उक्त दुर्घटनामा परी मृत्यु हुनेमा ६ जना उद्धारकर्मी पनि परेका छन् । मृत्यु भएका ५२ जनामध्ये ६ जना उद्धारकर्मी पनि परेका हुन् ।

यहाँका अधिकारीहरुले गएको पाँच वर्षमा यो सबैभन्दा ठूलो खानी दुर्घटना भएको mजनाएका छन् । रुसी समाचार समिति तासले जनाएअनुसार सो दुर्घटनामा परेका मजदुरहरु कोही पनि जिवीत नरहेको बताएको छ ।सो समाचार समितिले उक्त दुर्घटना परेको थाहा भएपछि उद्धारको काम थालिएको तर पनि त्यहाँ च्यापिएर रहेकामध्ये कोही पनि जिवीत नपाइएको सो समाचारमा जनाइएको छ ।

कोइला खानीमा विस्फोट भएको थियो । त्यसपछि कोइलाको कालो धुलोले खानीभित्र अध्यारो भएर उद्धारको काम गर्न निकै कठिन भएको थियो ।रुसको सो समाचार समितिले दुर्घटनाका क्रममा सो खानीमा कम्तीमा पनि २८५ जना मजदुर र कर्मचारी रहेका थिए । त्यसपछि कतिपयलाई उद्धार गरेर बाहिर निकालिएको थियो । यस दुर्घटनामा घाइते भएका मजदुरको उपचार जारी रहेको बताइएको छ । उनीहरुलाई खानीभित्रको कोइलाको कालो धुवाँले असर गरेको बताइएको छ ।