कांग्रेस महाधिवेशन : जुम्लाबाट २५ महाधिवेशन प्रतिनिधि चुनिए

कांग्रेस महाधिवेशन : जुम्लाबाट २५ महाधिवेशन प्रतिनिधि चुनिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशनबाट २५ महाधिवेशन प्रतिनिधि चुनिएका छन् । महाधिवेशन प्रतिनिधिका लागि यही मङ्सिर ६ गते निर्वाचन भएको थियो ।सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार खुलातर्फ १० महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा देवेन्द्रबहादुर शाही (५०९), राजुसिंह कठायत (४९२), भक्तबहादुर रोकाया (४८१), दिनबन्धु श्रेष्ठ (४७९), धनबहादुर बस्नेत (४५१), कर्णजङ्ग हमाल (४४१), गोविन्दबहादुर शाही (४३९), गौरीनन्द आचार्य (४३८), दिलबहादुर महत (४३८) र लङ्कबहादुर शाही (४३४) रहनुभएको छ । महिलातर्फ कान्तिका सेजुवाल (५१२), भगवती श्रेष्ठ (४८१), पुन्नकली महतारा (४४७) र गीता शाही (४४६) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यस्तै खस आर्य पुरुषतर्फ ललितजङ्ग शाही (५१५), जयहरि आचार्य (५००), पदमबहादुर शाही (४७०) र लक्ष्मीप्रसाद उपाध्याय (४१२), खस आर्य महिलातर्फ रामदेवी खड्का (४७३), उर्मिला खत्री भण्डारी (४५०), उमा बुढा रावत (४२३) र दिलकुमारी हमाल (४२२) विजयी हुनुभएको छ । यसैगरी दलित पुरुषतर्फ कृष्ण कामी (४६९), दलित महिलातर्फ लक्ष्मी कामी (४६३) र अपाङ्गतर्फ विष्णुबहादुर शाही (४५७) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

यो पनि -कञ्चनपुर कांग्रेस सभापतिमा बोगटी र थापा चुनावी मैदानमा

नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापति पदका लागि पदम बोगटी र बहादुरसिंह थापा प्यानलसहित चुनावी मैदानमा छन् ।निर्वाचनका लागि बुधबार साँझ पत्रकार सम्मेलन गरी प्यानलसहित घोषणा गरेका उम्मेदवार बोगटी मतमाग्न जिल्ला दौडाहामा छन् । त्यसैगरी बिहीबार साँझ आफ्नो टिम घोषणा गरेका थापा पनि चुनावी प्रचारमा छन् । बोगटीलाई कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको साथ रहेको छ भने थापालाई अर्का केन्द्रीय सदस्य नारायणप्रकाश साउँदको समर्थन छ ।

बोगटी यसअघिको निर्वाचनमा सभापति पदमा पराजित भएका थिए । भने थापा तीन पटक जिल्ला पार्टीको सभापति हुँदै सांसदसम्म भइसकेका नेता हुन् । बोगटीको टिम दिवाकर पाण्डेय र शङ्करबहादुर चन्द उपसभापति पदका उम्मेदवार छन् । त्यसैगरी सो समुहको सचिवमा सिद्धराज भट्ट र जनकसिंह धामी र सहसचिवमा कविराज भट्ट र पुष्कल चौधरी उम्मेदवार रहेका छन् ।

त्यसैगरी थापा समूहमा हरिशचन्द्र राना र मीनबहादुर सिंह उपसभापति पदका प्रत्यासी छन् भने सचिवमा भीमराज भट्ट र हेमराज ओझा रहेका छन् । त्यस्तै सो समूहबाट नाफुसिंह साउँद र हरिप्रसाद अधिकारी सहसचिव पदका उम्मेदवार रहेका छन् ।

त्यसैगरी कांग्रेसका अन्य नेताले पनि प्यानलरहित पदाधिकारीमा उम्मेदवार दिने तयारी गरिरहेका छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेसको १४ औँ महाधिवेशनका लागि भएको वडास्तरको निर्वाचनबाट एक हजार ६०८ जना मतदाता छानिएका छन् । सोही छनोट भएका मतदाताले जिल्ला नेतृत्वका लागि मतदान गर्ने कांग्रेस जिल्ला सचिव दिवाकर पाण्डेयले जानकारीदिनुभयो । “आज मनोनयन दर्ता र शनिबार बिहानबाट मतदान गर्ने र्कातालिम तय भएको छ । उहाँले भन्नुभयो, “निर्वाचनको सबै तयारी पूरा भइसकेको छ ।