खेलक्षेत्रलाई क्रियाशील र चलायमान गराउनुुपर्छ–मन्त्री गहतराज

खेलक्षेत्रलाई क्रियाशील र चलायमान गराउनुुपर्छ–मन्त्री गहतराज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेलक्षेत्र निरन्तर क्रियाशील र चलायमान हुन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेल क्षेत्रका चुनौतीलाई अवसरका रुपमा सदुपयोग गर्दै काम गर्न नवनियुक्त सदस्यलाई निर्देशन दिनुभयो । मन्त्रिस्तरीय निर्णयअनुसार मोहम्मद फाजिल (काठमाडौँ), लामा पेमा डोल्मा (मकवानपुर), जनकप्रसाद बर्ताैला(मकवानपुर), दीपेन्द्र विष्ट (बर्दिया), प्रकाशकुमार कुसारी(रुकुम), वीना नबाछेँ श्रेष्ठ (भक्तपुर) र अन्जन धमला (गोर्खा), श्रीमान् थापामगर (बाँके) बिहीबार सदस्यमा नियुक्त भएका थिए ।

मन्त्री गहतराजले भन्नुभयो, “विगतका गलत कामलाई पन्छाउँदै सफल उदाहरणलाई आत्मसात् गरी राज्यले अपेक्षा गरेको नतिजा हासिल गर्न र खेल क्षेत्रको सुधारका लागि निरन्तर क्रियाशील हुन आवश्यक छ ।” युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर शर्माले नवनियुक्त सदस्यले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेसगै खेलकुद क्षेत्रमा देखिएका चुनौतीलाई अवसरकारुपमा लिएर खेलक्षेत्रको विकासका लागि काम गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग अवसर र चुनौती दुवै छन्, अब अन्तर्राष्ट्रिय खेलकुद प्रतिस्पर्धामा जानुपर्छ, त्यसका लागि परिषद्ले सरकारको भिजन र निर्देशनलाई बुझेर काम गर्न सकोस्, खेलकुद राष्ट्रिय एकताको साझा भावनारुपान्तरण गर्ने शक्ति हो ।” यसअघि मन्त्रालयको सभाकक्षमा परिषद्का अध्यक्ष मन्त्री गहतराजले नव नियुक्त सदस्यलाई पद तथा गोपनीयताको सपथ दिलाउनुभएको थियो ।

यो पनि – सांघाईमा तीनवटा कोभिड केश भेटिएपछि उडानहरू रद्द गरियो, विद्यालयहरु बन्द

१० मङ्सिर (रासस÷एएफपी) – चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण शंघाईमा तीन कोरोनाभाइरसका घटनाहरू भेटिएपछि सयौं उडानहरू रद्द गरियो, केही विद्यालयहरू बन्द गर्नुको साथै भ्रमण समूहहरू शुक्रबार रद्द गरिएको छ । बेइजिङले यात्रा प्रतिबन्धहरू र कडा रुपमा गरिएका लकडाउनका कारण आफ्नो सिमानामा कोरोनाभाइरसको फैलावटलाई नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको छ ।

साघांइबाट नजिकै पर्ने शहर सुझाउबाट फर्किएका तीन व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेको जनाइएको छ । बिहीबार साँझ जारी एक पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले कोरोना सङ्क्रमण भएका यी तीन जनाले नै पूर्ण मात्रा खोप लगाएका जानकारी दिइएको छ । शुक्रबार सांघाईका दुई प्रमुख विमानस्थलबाट ५०० भन्दा बढी उडानहरू रद्द गरिएका सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।