एमाले अनुशासित र एकताबद्ध पार्टी : नेता थापा

एमाले अनुशासित र एकताबद्ध पार्टी : नेता थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले) नेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले एमाले सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको बताउनुभएको छ । चितवनमा आजदेखि सुरु भएको एमालेको दसौँ महाधिवेशनमा आएका प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उहाँले पार्टी विधान महाधिवेशनले त्यसलाई पुष्टि गरेको बताउनुभयो । महाधिवेशनपछि जनताको बहुदलीय जनवाद ‘जबज’ सही छ भन्ने थप पुष्टि भएको नेता थापाको भनाइ थियो । उहाँले देशीविदेशी तत्वले नेकपालाई तीन टुक्रा पारेको आरोप लगाउनुभयो ।

नारायण नदी किनारामा एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गर्दै महाधिवेशनको उद्घाटन गर्नुभएको हो । उहाँले नेपालको झण्डा, नेकपा एमालेको चुनाव चिह्न सूर्य, कम्युनिष्टको हँसिया हथौडा अङ्कित झण्डालाई एकसाथ स्विचमार्फत झण्डोत्तोलन गर्नुभयो ।

यो पनि – अध्यक्ष ओलीद्वारा नवयुग अनलाइनको शुभारम्भ

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आधिकारिक मुखपत्र इनवयुग डटकमको शुभारम्भ गर्नुभएको छ । लामो सयमदेखि पार्टीको मुखपत्रका रुपमा रहेको नवयुग पत्रिका अबदेखि डिजिटलरुपमा प्रसारण हुने र त्यसमा पार्टीका आधिकारिक धारणा, गतिविधि र दस्तावेज रहने एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

नारायणी किनारमा निर्मित मञ्चमा पार्टीका अध्यक्ष ओलीले उद्घाटन गरेपछि अहिले विभिन्न दलका नेताको शुभकामना मन्तव्यको क्रम जारी छ । सभामा शुभकामना दिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष अतिथिका रुपमा सहभागी हुनुहुन्छ ।