सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ

सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ । सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो । स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको वेबसाइट Tmsochitwan.bagmati.gov.np मार्फत ई टोकन लिएर मात्र सवारी चालक अनुमतिपत्र नवीकरण गर्न सक्नेछन् । कागजी सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले Edlrs–smart मा अद्यावधिक गर्नुपर्ने छ ।

यो पनि – कांग्रेस डोटी उपसभापतिमा खड्का र जोशी विजयी

नेपाली कांग्रेस १४ आँै महाधिवेशनअन्तर्गत भएको जिल्ला निर्वाचनमा उपसभापति पदमा विजय खड्का र नारायण जोशी विजयी हुनुभएको छ । खड्काले ६०१ मत प्राप्त गर्नुभएको भने जोशीले ५६४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी बम कठायतले ३७३ र पदमबहादुर रावतले ३२७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । जोशी जिल्ला कार्यसमितिका निवर्तमान सचिव हुन् भने खड्का क्षेत्रीय सभापति हुन् ।

यसैगरी सचिवमा नारायण बलायर र गणेश खड्का निर्वाचित हुनुभएको छ । खड्काले ४६१ र बलायारले ४३४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । यस्तै सहसचिवमा छत्र कठायत र गोकर्ण मलासी निर्वाचित हुनुभएको छ । कठायतले ४०१ र मलासीले ३६९ मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यो पनि – एमाले अनुशासित र एकताबद्ध पार्टी : नेता थापा

नेकपा (एमाले) नेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले एमाले सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको बताउनुभएको छ ।चितवनमा आजदेखि सुरु भएको एमालेको दसौँ महाधिवेशनमा आएका प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उहाँले पार्टी विधान महाधिवेशनले त्यसलाई पुष्टि गरेको बताउनुभयो । महाधिवेशनपछि जनताको बहुदलीय जनवाद ‘जबज’ सही छ भन्ने थप पुष्टि भएको नेता थापाको भनाइ थियो । उहाँले देशीविदेशी तत्वले नेकपालाई तीन टुक्रा पारेको आरोप लगाउनुभयो ।

नारायण नदी किनारामा एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गर्दै महाधिवेशनको उद्घाटन गर्नुभएको हो । उहाँले नेपालको झण्डा, नेकपा एमालेको चुनाव चिह्न सूर्य, कम्युनिष्टको हँसिया हथौडा अङ्कित झण्डालाई एकसाथ स्विचमार्फत झण्डोत्तोलन गर्नुभयो ।