पाल्पामा दाउरा प्रहार गरी आमाको ह.त्या

पाल्पामा दाउरा प्रहार गरी आमाको ह.त्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पामा जेठो छोरोले आमाको ह.त्या गरेका छन् । पाल्पा रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  म.दिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो । छोरा कृष्णबहादुर सारुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

यो पनि- सवारी दुर्घटनामा चार महिनामा १२ को मृत्यु

सवारी दुर्घटनामा परी तनहुँमा चार महिनामा १२ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको हो । पृथ्वीराजमार्गका विभिन्न खण्डमा उक्त अवधिमा २७ वटा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । दुर्घटनामा परी ४० जना घाइते भएका थिए ।

सडकको भौगोलिक बनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले बताउनुभयो । पृथ्वीराजमार्ग अन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थानहरु हुन् । राजमार्गमा सवारी दुर्घटना न्यूनीकरणका लागि गत असोज ३ गतेदेखि राडर गनको प्रयोग थालनी गरिएको छ ।

यस अवधिमा प्रहरीले १५ हजार एक सय सवारी साधनलाई कारवाही गरेको छ । कारवाहीबाट रु एक करोड २२ लाख ७५ हजार राजश्व सङ्कलन भएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि चालकसँग एक मिनेट कार्यक्रम अन्तर्गत चार महिनाको अवधिमा दुई सय ७६ पटक कार्यक्रम सञ्चालन गर्दा २३ हजार आठ सय ९७ जना चालक लाभान्वित भएका छन् ।

सवारी दुर्घटना न्यूनीकरणका लागि पर्चा, पम्लेट वितरण गरिएको छ भने ४३ वटा कक्षा सञ्चालन गर्दा सात हजार ६४० लाभान्वित भएको प्रहरीले जनाएको छ । प्रहरीले सरकारी कार्यालयका सवारी चालकलाई पनि प्रशिक्षण दिन थालेको छ ।

यो पनि – पछिल्लो २४ घण्टामा थप २७० मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दश हजार ४४६ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ५२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४५२ पुगेको छ । पछिल्लो समय थप ३०२ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख एक हजार ७२२ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

दुईको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१८ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ९६ हजार ८५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २८७ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ८९६, संस्थागत आइसोलेशनमा ३९१, सघन उपचार कक्षमा १७५ र भेन्टिलेटरमा ३३ जनाको उपचार हुँदैछ ।

यो पनि – सुदूरपश्चिम : थप पाँच जनामा सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ६३९ जनाको नमूना परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आरटी पीसीआरमार्फत चार र एन्टिजेन विधिमार्फत एक जनामा पुष्टि भएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा तीन र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिमार्फत कञ्चनपुरका एक जनामा पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर १० जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बिहीबार यस प्रदेशमा छ जनामा सङ्क्रमण पुष्टि हुँदा सात जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाको ज्यान गइसकेको छ ।