माओवादीका एजेण्डमा देश चलिरहेको छ : नेता पाण्डे

माओवादीका एजेण्डमा देश चलिरहेको छ : नेता पाण्डे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश इञ्चार्ज हितराज पाण्डेले आफ्नो पार्टीको एजेण्डामा देश चलिरहेको बताउनुभएको छ । माओवादी केन्द्र, ताराखोला गाउँपालिकाको अधिवेशनमा आज उहाँले परिवर्तनका एजेण्डा र उपलब्धिलाई गुम्न नदिन पार्टी पुनःनिर्माणको महाअभियान थालिएको उल्लेख गर्नुभयो ।“जनयुद्ध र जनआन्दोलनका बलमा प्राप्त उपलब्धिको रक्षा माओवादी केन्द्रबाट मात्र सम्भव छ”, नेता पाण्डेले भन्नुभयो, “माओवादी आन्दोलन कमजोर हुँदा परिवर्तन उल्टने, देश कमजोर हुने खतरा छ ।” गणतन्त्र, सङ्घीयता, धर्म निरेपक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धिको सच्चा हकदार माओवादी केन्द्र रहेको उहाँको भनाइ छ ।

नेता पाण्डेले सङ्गठन, विचार र राजनीतिमा पार्टीलाई थप सुदृढ गर्न तहगतरूपमा कमिटीका अधिवेशन भइरहेको बताउनुभयो । उहाँले ताराखोला गाउँपालिका गण्डकी प्रदेशमै नमूनायोग्य स्थानीय तहका रूपमा स्थापित भइरहेको भन्दै जनभावनाअनुरुप काम गर्न जनप्रतिनिधिहरूमा आग्रह गर्नुभयो ।जनयुद्धताका ताराखोलाका नेता, कार्यकर्ता र जनताले पु¥याएको योगदानको उहाँले स्मरण गर्नुभयो । विगतमा पार्टीले गरेका कमीकमजोरीप्रति पनि आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्ने नेता पाण्डेको भनाइ छ । उहाँले छिट्टै माओवादी केन्द्र देशको नेतृत्व गर्ने हैसियतमा आउने दाबी गर्नुभयो । आज माओवादी केन्द्रले जिल्लाका १०वटै स्थानीय तहमा एकसाथ अधिवेशन गरिरहेको छ । अधिवेशनबाट नगरपालिकामा ६५ सदस्यीय र गाउँपालिकामा ५५ सदस्यीय कमिटी निर्वाचित हुने माओवादी केन्द्र, बागलुङले जनाएको छ ।

यो पनि – अब माओवादी एक नम्बरको पार्टी बन्छ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले माओवादी विचारमा रहेका सम्पूर्ण जनता तथा पार्टीहरू एकताबद्ध भएर अगाडि बढेकाले अब प्रचण्ड नेतृत्वको पार्टी एक नम्बरको बन्ने विश्वास व्यक्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) ललितपुर जिल्लाका ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाको अधिवेशन उद्घाटनका क्रममा पार्टीका स्थायी समितिका सदस्यसमेत रहनुभएका भुसालले भन्नुभयो, “माओवादी एकताबद्ध भएको छ, परिवर्तनको नेतृत्व गर्ने माओवादी नै हो भन्ने प्रमाणित भएकाले अब माओवादी एक नम्बरको पार्टी हुन्छ ।”

सम्पूर्ण माओवादी शक्ति एकीकृत भइरहेको उल्लेख गर्दै नेत्री भुसालले क्रान्तिकारीपनसहित पार्टीलाई व्यवस्थित गरेर लैजानका लागि सेलदेखि वडा र वडादेखि पालिका तथा पालिका हुँदै महाधिवेशनसम्म पुग्दा देशको पार्टीले २१औँ शताब्दीको तेस्रो दशकमा कम्युनिष्टहरूका लागि स्पष्ट खाका तय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

एकीकृत माआवादीले तय गर्ने समाजवादले देश विकासको आधार तयार गर्ने जिकिर गर्दै मन्त्री भुसालले भन्नुभयो, “राष्ट्रिय महाधिवेशसम्म आइपुग्दा पार्टीले राजनीति कार्यदिशा स्पष्टसँग तय गर्छ ।” उहाँले प्रतिगमन र प्रतिक्रान्तिकारीविरुद्ध सक्रिय भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले जनयुद्धको जगमा लेखिएको संविधानको रक्षाका लागि गठबन्धन निर्माण गरिएको बताउनुभयो । मन्त्री भुसालले जनताको आङ्कक्षा र चाहना बेगर आफ्नो पार्टी कुनै पनि निर्णय नलिने विश्वास दिलाउँदै मन्त्री भुसालले आगामी दिनमा आफ्नो वर्ग र जनताको लागि निरन्तर सङ्घर्ष गरिरहने स्पष्ट पार्नुभयो ।

यो पनि – माओवादी पार्टी अझै सुदृढ र क्रान्तिकारी बन्ने अभियानमा ः मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम नेकपा माओवादी केन्द्रका नेता पम्फा भुसालले माओवादी पार्टी अझै सुदृढ र क्रान्तिकारी बनेर जाने अभियानमा लागिपरेको बताउनुभएको छ । दोस्रो गोदावरी नगर सम्मेलन उद्घाटन समारोहमा आज बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “हाम्रो पार्टी गरिब तथा दुःखी र सर्वहारा वर्गको हितमा सदैव काम गर्न क्रियाशील छ ।” २१आँै शताब्दी अनुरुपको समाजवाद निर्माण गर्न आफूहरु मुलुकभर सम्मेलनमार्फत उत्रिएको उहाँको भनाइ थियो ।

वाग्मती प्रदेश कमिटी सदस्य दीपेन्द्र श्रेष्ठ, प्रदेश समिति सदस्य श्रीगोविन्द महर्जन, जिल्ला कमिटी सचिवालय सदस्य नुक्ष महर्जन र गोदावरी नगरपालिका नगर कमिटी इन्चार्ज रामप्रसाद दाहालले सम्मेलनमार्फत नेतृत्व चयन गरी नयाँ कार्यक्रमका साथ अघि बढ्ने बताउनुभयो ।