‘कला, संस्कृतिमा भुटानी शरणार्थीको योगदान प्रशंसनीय छ’

‘कला, संस्कृतिमा भुटानी शरणार्थीको योगदान प्रशंसनीय छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले नेपाली कला, संस्कृति संरक्षण र विकासमा नेपालीमूलका भुटानी शरणार्थीको योगदान प्रशंसनीय भएको बताउनुभएको छ । दमक–३ स्थित वेलडाँगी भुटानी शरणार्थी शिविरमा इन्टरनेशनल वेलफेर एण्ड सर्पोट फाउण्डेशनले आज बेलडाँगी शिविरमा आयोजना गरेको बृहत् साङ्गीतिक कार्यक्रमको उद्घाटन गर्नुहँुदै उहाँले भुटानी शरणार्थीले नेपाली समाज, देशलाई पु¥याएको योगदान भुल्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालीभाषीको पहिचान र संस्कृति संरक्षणमा यस्ता कार्यक्रमले थप टेवा पुग्ने छ ।”

त्यस अवसरमा मुख्यमन्त्री राईले फाउण्डेशनले सञ्चालन गरेको रियालिटी सोको उद्घाटन गर्नुका साथै शिविरका वृद्धवृद्धालाई दिनको समयमा बस्ने तथा कुराकानी गर्ने घरको समेत उद्घाटन गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री राईले कलाकारहरू केही समयसँगै नाचगान गरेर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका कलाकारले प्रस्तुति दिनुका साथै वेलडाँगी तथा मोरङ पथरी शनिश्चरे शिविरका सर्वसाधारणको सहभागिता रहेको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले बताउनुभयो । फाउण्डेशनले पथरी र वेलडाँगीका केही शिक्षक व्यवस्थापनमा मासिक रु तीन लाख हाराहारीमा खर्च गरी शरणार्थी बालबालिका पढाउने कार्यमा सहयोग पु¥याउँदै आएको बताउनुभयो ।

यो पनि – माओवादीका एजेण्डमा देश चलिरहेको छ : नेता पाण्डे

नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश इञ्चार्ज हितराज पाण्डेले आफ्नो पार्टीको एजेण्डामा देश चलिरहेको बताउनुभएको छ । माओवादी केन्द्र, ताराखोला गाउँपालिकाको अधिवेशनमा आज उहाँले परिवर्तनका एजेण्डा र उपलब्धिलाई गुम्न नदिन पार्टी पुनःनिर्माणको महाअभियान थालिएको उल्लेख गर्नुभयो ।

“जनयुद्ध र जनआन्दोलनका बलमा प्राप्त उपलब्धिको रक्षा माओवादी केन्द्रबाट मात्र सम्भव छ”, नेता पाण्डेले भन्नुभयो, “माओवादी आन्दोलन कमजोर हुँदा परिवर्तन उल्टने, देश कमजोर हुने खतरा छ ।” गणतन्त्र, सङ्घीयता, धर्म निरेपक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धिको सच्चा हकदार माओवादी केन्द्र रहेको उहाँको भनाइ छ ।

नेता पाण्डेले सङ्गठन, विचार र राजनीतिमा पार्टीलाई थप सुदृढ गर्न तहगतरूपमा कमिटीका अधिवेशन भइरहेको बताउनुभयो । उहाँले ताराखोला गाउँपालिका गण्डकी प्रदेशमै नमूनायोग्य स्थानीय तहका रूपमा स्थापित भइरहेको भन्दै जनभावनाअनुरुप काम गर्न जनप्रतिनिधिहरूमा आग्रह गर्नुभयो ।

जनयुद्धताका ताराखोलाका नेता, कार्यकर्ता र जनताले पु¥याएको योगदानको उहाँले स्मरण गर्नुभयो । विगतमा पार्टीले गरेका कमीकमजोरीप्रति पनि आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्ने नेता पाण्डेको भनाइ छ । उहाँले छिट्टै माओवादी केन्द्र देशको नेतृत्व गर्ने हैसियतमा आउने दाबी गर्नुभयो । आज माओवादी केन्द्रले जिल्लाका १०वटै स्थानीय तहमा एकसाथ अधिवेशन गरिरहेको छ । अधिवेशनबाट नगरपालिकामा ६५ सदस्यीय र गाउँपालिकामा ५५ सदस्यीय कमिटी निर्वाचित हुने माओवादी केन्द्र, बागलुङले जनाएको छ ।