ठूलो परिमाणमा विदेशी मुद्रासहित एक पक्राउ

ठूलो परिमाणमा विदेशी मुद्रासहित एक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की प्रहरी टोलीले एक लाख ९४ हजार २०० अमेरिकी डलरसहित एक व्यक्तिलाई शुक्रबार पोखरामा पक्राउ गरेको छ । काठमाडौँबाट पोखरा आउँदै गरेको माइक्रोबसबाट उक्त रकमसहित प्रहरीले मुस्ताङ जिल्लाको लो घेकर दामोदर कुण्ड घर भई पोखराको शिवालय चोकमा बस्दै आएका ४२ वर्षीय छिरिङ डुन्डुक गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बरामद गरेको उक्त अमेरिकी डलरको नेपालीमा रु दुई करोड ३२ लाख छ हजार हुन आउँछ । निजको साथबाट प्रहरीले नागरिकता, चेकबुक एक थान र दुई थान मोबाइल पक्राउ गरेको प्रहरीले जनाएको छ । विगतको गतिविधिका आधारमा काठमाडौँबाट ठूलो मात्रामा डलर लिएर गाडीमार्पmत पोखरा आउने र हवाईजहाज चढेर काठमाडाँै जाने गरेको खुलेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

डलर बोकेर आएको भन्ने गोप्य सूचनाका आधारमा गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय हंशपुर र गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि – थप २१३ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ६३२ जनाको पिसीआर परीक्षण गरिएको थियो ।यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ७२४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४६८ पुगेको छ । पछिल्लो समय थप ३२५ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख दुई हजार ४७ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

तीनको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२१ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय एक लाख १५ हजार ४३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १५६ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ७६१, संस्थागत आइसोलेशनमा ३५९, सघन उपचार कक्षमा १७८ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ ।