कोशीमा डुबेर स्वास्थ्यकर्मीको मृत्यु

कोशीमा डुबेर स्वास्थ्यकर्मीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोशी ब्यारेजमा डुबेर आज एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक–६ का ४५ वर्षीय सुभाष नेपाल रहेका छन् । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमोद यादवका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङमा अहेव पदमा कार्यरत नेपाल कोशी ब्यारेजको ५२ नम्बर ढोकामा फोटो खिच्ने क्रममा लडेका थिए । लडेर पानीमा डुबेका नेपाललाई सशस्त्र प्रहरी नंं १ बाहिनी पकली, सुनसरीको टोलीले उद्धारको प्रयास गरेपनि उनलाई बचाउन भने सकेन् । नेपालको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।

यो पनि –  टिपरको ठक्करले स्कुटर चालकको मृत्यु

अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–८ आदर्श चोक प्राइम बैंक अगाडि जगातीबाट आज तीव्रगतिमा आएको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने सवार अर्का व्यक्ति गम्भीर घाइते भएको छन् ।

जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा३ख ५४२३ नं को टिपरले सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा५७ प३११३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा राजारानी घर भई हाल ललितपुर कुसुन्ती बस्ने २४ वर्षीय अशिम लिम्बुको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते स्कुटर पछाडि सवार ललितपुर पाटन बस्ने २६ वर्षीय सन्दीप महर्जनको डा इवामुरा अस्पताल, सल्लाघारीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिएण्डबी अस्पताल पठाएको उहाँले जानकारी दिनुभयो ।

दुर्घटनापछि फरार टिपर चालक दाङ घोराही–२ रामपुर घर भई हाल काठमाडौँ माछापोखरी बस्ने ३१ वर्षीय किरण कुँवर योगीलाई प्रहरीले थिमिको राधेराधेबाट नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।