जर्मनीमा बिरामी र वृद्धवृद्धाको हेरचाह गर्न कम्तीमा ३५ हजार स्वास्थ्यकर्मीको अभाव भएको छ । जर्मनीको ‘इन्स्टिच्युट अफ इकोनोमिक्स’को क्षमता केन्द्रबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै राष्ट्रिय दैनिक अखबार वेल्टले शनिबार स्वास्थ्य कर्मीको अभाबबारे समाचार छापेको हो । केन्द्रका अनुसन्धाता सुजान सेडाले वेल्टसँग भन्नुभयो, “देशको स्वास्थ्य क्षेत्रमा जस्तो कर्मचारीहरूको उच्च कमी अन्य विशेषज्ञ सेवा प्रदायक क्षेत्रमा भने छैन ।”
सन् २०११ देखि यस क्षेत्रमा रिक्त पदमा ४० प्रतिशतवृद्धि गरिएको भएपनि अझै कर्मचारीको अभाव देखिएको सरकारी अधिकारीले बताएका छन् ।अधिकारीहरूका अनुसार अहिले कर्मचारीहरूको अभावको वास्तविक परिमाण ३५,००० भन्दा बढी हुन सक्ने बताएका छन् । केन्द्रको अनुमानले तल्लो सीमालाई मात्र प्रतिबिम्बित गरेको हुनसक्ने विश्लेषकहरूले बताएका छन् । उक्त पत्रिकाले बताएअनुसार चिकित्सा स्वास्थ्यकर्मीहरूको अभाव सरकारले व्यवस्था गरेको कम तलबका कारण भएको हो ।
यो पनि – कोभिडको ‘ओमिक्रोन भेरिएन्ट’ भारतमा पनि देखापरेपछि उच्च सतर्कता अपनाइने
दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिनुभएको छ ।विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाब दिएका छन् ।
यसै सन्दर्भमा प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिनुभयो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको नयाँ भेरियन्टबाट प्रभाविकत मुलुकहरूसँगको उडानमा प्रतिबन्ध लगाउन माग गर्नुभएको छ ।मोदीले निकै प्रयत्नपछि मुलुकले कोरोनाको प्रभावलाई नियन्त्रणमा लिइएको भन्दै नयाँ भेरियन्टबाट भारतलाई जोगाउन हरसम्भव प्रयास गर्नु पर्ने बताउनुभयो । भारतले हङकङ, बोत्सवाना र इजरायलबाट आउने सबै यात्रीहरुको स्वास्थ्य जाँच गर्न विमानस्थललाई निर्देशन दिएको छ ।



प्रतिक्रिया